काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री ओलीको भिडियो कन्फ्रेन्समार्फत् कुराकानी, लकडाउन बढ्ने संकेत, सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको प्रधानमन्त्रीको भनाइ । (मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स)
२) पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जलिम मियामाथि भारतमा कोरोना फैलाउन खोजेको भारतीय सुरक्षा एजेन्सीको आरोप, आफूमाथि षड्यन्त्र भएको अध्यक्षको भनाइ । (कानूनी उपचार खोज्छु – अध्यक्ष मिया)
३) कोरोना भाइरसविरुद्ध वीरगञ्ज महानगरपालिकाको तयारीः एक वडाबाट अर्कोमा वडामा जान बन्देज, आपत्कालीन सहयोगका लागि १० जना कर्मचारी तयारी अवस्थामा । ( वीरगञ्ज महानगरपालिकाको तयारी)
४) स्पेनिस क्लब बार्सिलोनाका ६ जना पदाधिकारीले दिए राजीनामा, क्लबमा भइरहेका काम आफूहरुलाई चित्त नबुझेको भनाइ, आर्थिक संकट कम गर्न लिइएका नीतिहरुमा पनि आपत्ती । (बार्सिलोनाका ६ पदाधिकारीको राजीनामा )
५) र, लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातकरुपमा पुनः फैलिनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी, आर्थिक प्रभावसँग संघर्ष गरेपनि प्रतिबन्ध खुकुलो पार्दा सावधानी अपनाउनुपर्ने सुझाव । (डब्लुएचओको चेतावनी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।