धनगढी- धनगढी उप-महानगरपालिकाले घरमै पुगेर कोरोना भाइरस (कोभिड १९) को जाँच सुरु गरेको छ। शुक्रबार वडा नं १२ बाट सुरु गरिएको कोरोना भाइरस (कोभिड १९) को र्यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ।
धनगढी उप-महानगरपालिकाले भारतलगायत विभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६ सय ४१ जनालाई होम क्वारेन्टाइनमा राखेको थियो। धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९ जना, ६ मा १९ , १३ मा १ जना, ७ मा २० जनाको नमुना परीक्षण घरमै स्वास्थ्यकर्मीहरु पुगेर गरेका छन्। परीक्षण गरिएका सबैको नमुना परीक्षण नतिजा नेगेटिभ देखाएको छ।
धनगढी उप-महानगरपालिका-७ का अध्यक्ष सिताराम रानाले घरमै क्वारेन्टाइन बसेकाहरुको कोरोना भाइरस (कोभिड १९) को नमुना परीक्षण नेगेटिभ आएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।