धनगढी- धनगढी उपमहानगरपालिका- ५ हसनपुरका ३४ वर्षीय युवकको तेस्रो पटकको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको तेस्रो पटकको परीक्षण पनि पोजेटिभ आएको अस्पताले जानकारी दिएको छ।
सोही अस्पतालमा रहेका अन्य दुई जनाको दोस्रो रिपोर्ट पोजिटिभ आएको छ। अस्पतालमा ४ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन्।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार धनगढीका युवकको तेस्रो पटक र उनकी भाउजूसहित अन्य तीन जना संक्रमितको दोस्रो पटक थ्रोट स्वाबको नमूना परीक्षण गरिएको थियो।
कैलालीको प्रतापपुरका युवकको दोस्रो रिपार्ट आउन बाँकी छ। डा. जोशीले चारै जनाको नमूना पोजिटिभ आएपनि सबैको अवस्था सामान्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।