काठमाडौं- नेपालमा ७ दिन यता कोरोना भाइरस संक्रमिय नयाँ बिरामी फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत शनिबार सुदुरपश्चिममा एकसाथ ३ जना कोरोना संक्रमित भेटिएपछि नयाँ संक्रमित नभेटिएको जनाकारी मन्त्रालयले दिएको हो।
कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा ८ सय ९७ जनाको नमुना परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्। शनिबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा उनले कोरोनाको आशंकामा नेपालमा हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण भएको बताए।
'हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण भएको छ। काठमाडौंमा १५ र बाहिर ६७ गरी जम्मा ८२ जना आइसोलेसन वार्डमा भर्ना भई उपचार भइरहेको छ,' प्रवक्ता डा विकास देवकोटाले भने। मुलुकभर हाल ८ हजार ८२ जनालाई क्वारेन्टाइनमा राखिएको समेत उनले जानकारी दिए।
मन्त्रालयले परीक्षणको दायरा बढाएका कारण वीर अस्पतालमा पनि कोरोनाको परीक्षण सुरु भएको छ। आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि परीक्षण सुरु गरिने डा देवकोटाले बताए। दार्चुलामा कोरोना परीक्षणका लागि नमूना संकलन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।