काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्समार्फत् छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित भएर प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरिरहेका हुन्।
मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशले कोरोना रोकथाम र नियन्त्रणका सम्बन्धमा गरेका प्रयासका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। सबै मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशले कोरोना नियन्त्रणमा गरेको प्रयासबारेमा प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
‘अहिले प्रदेश १, २, बाग्मती, गण्डकी, प्रदेश ५ का मुख्यमन्त्रीले आफ्नो धारणा राखिसक्नु भएको छ,' थापाले भने, ‘अहिले कर्णाली प्रदेशका मुख्यमन्त्रीज्यूले बोल्दै हुनुहुन्छ। सुदुरपश्चिमका मुख्यमन्त्रीले आफ्नो कुरा राखेपछि प्रधानमन्त्री ज्यूले सम्बोधन गरेपछि सकिन्छ।’
प्रधानमन्त्री ओलीले लकडाउन भएपछि दोस्रो पटक सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियोबाट छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।