काठमाडौं- रोजगारीका लागि कुवेत पुगेका ९ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। शुक्रबार थप पाँच नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ९ पुगेको हो। यसअघि विभिन्न समयमा ४ जना नेपालीमा कोरोना संक्रमण भएको थियाे।
कुवेतको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै अरब टाइम्सले शुक्रबार ५ जना नेपालीमा कोरोना भाइरस संक्रमण भेटिएको उल्लेख गरेको छ। शुक्रबार नै ५१ भारतीय, ८ पाकिस्तानी, ७ बंगलादेशी, ३ इजिप्टि, १ सिरियन र १ फिलिपिनोमा कोरोना संक्रमण भेटिएको छ।
हालसम्म कुवेतमा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुगेको छ। कोरोनाका कारण एक भारतीय नागरिकको ज्यान गएको छ भने १ सय ३३ उपचार पनि निको भएका छन्।
कोरोना संक्रमण बढ्दै गएपछि कुवेत सरकारले साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म देशव्यापी रुपमा कर्फ्यू जारी गरेको छ। कतिपय सहरहरुमा पूर्ण लकडाउन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।