राजविराज– सप्तरीमा क्वारेन्टाइन र अस्पतालको सुरक्षा तथा मोबाइल गाडीमा खटिने प्रहरीका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) प्रदान गरिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित गर्न जोखिमपूर्ण अवस्थामा काम गर्ने प्रहरीलाई पिपिई प्रदान गरिएको हो।
यसका अतिरिक्ता सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई २/२ थान मास्क, १/१ थान स्यानिटाइजर, १०/१० जोर पञ्जा र १/१ चस्मासमेत वितरण गरिएको छ। विश्वमा तीव्र रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन तथा महामारीको जोखिम रोकथाम र नियन्त्रणका लागि यस्ताे व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए।
सचेतनाका लागि जिंगल बजाउने, माइकिङ गर्ने, सामाजिक सञ्जाल र स्थानीयस्तरमा एफएममार्फत् सन्देशमुलक सूचनाहरू प्रचारप्रसार गर्ने कार्यलाई निरन्तरता दिइएको छ। यसैगरी, सार्वजानिक स्थलमा साबुन पानीले हात धुने व्यवस्थासमेत मिलाइएको भारतीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।