एजेन्सी–अमेरिकामा एकैदिन २ हजार भन्दा बढी मानिसको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ।
पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १८ हजार ७ सय १९ जनाको मृत्यु भएको छ, जुन इटालीभन्दा केही कममात्र हो। इटालीमा १८ हजार ८ सय ४९ को मृत्यु भएको छ। अमेरिकामा कूल ५ लाख २ हजार संक्रमित छन्।
अमेरिकाको न्यूयोर्क राज्य संक्रमणको हिसाबले सबैभन्दा अगाडि छ । त्यहाँ १ लाख ७२ लाख ३ सय ५८ संक्रमित छन् भने २४ घण्टामा ७ सय ७७ जनाको मृत्यु भएसँगै कूल मृत्यु ७ हजार ८ सय ४४ पुगेको छ।
अमेरिकामा हालसम्म २० लाखभन्दा बढी मानिसको परीक्षण गरिसकिएको छ भने छिट्टै ‘ब्लड बेस्ड सेरोलोजी टेस्ट’ पनि सुरु गरिने जनाइएको छ। यसबाट मानिसको रोग प्रतिरोधी क्षमता कस्तो छ भन्ने जानकारी मिल्नेछ ।
शुक्रबार आयोजित नियमित ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल लगाइएका प्रतिबन्ध अवस्था सामान्य नहुन्जेल खुकुलो नबनाइने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।