काठमाडौं- पछिल्ला दिनमा कोरोना संक्रमण तीब्र बनेको अमेरिकामा झन्डै ५ लाखलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ ४ लाख ९९ हजार २ सय ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
अमेरिकामा १८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै, २७ हजारभन्दा बढी उपचारपछि निको भइसकेका छन्।
विश्वभर १ लाख २ हजारले गुमाए ज्यान
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ५ सय २५ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित शनिबार बिहानसम्मको तथ्यांक अनुसार १६ लाख ९१ हजार ७ सय १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख ७६ हजार ९६ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।