एजेन्सी-कोरोना भाइरस संक्रमणबाटविश्वभर मृत्यु हुनेहरुको संख्या शुक्रबार बेलुका एक लाख नाघेको छ। जोन्स हप्किन्स् युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वभर एक लाख एक हजार पाँच सय २६ जनाको ज्यान गयो।
कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मात्रै १८ हजारले ज्यान गुमाइसकेका छन्। शुक्वबार बेलुकासम्मको तथ्याकं अनुसार अमेरिकामा १८ हजार २ जनाको ज्यान गइसकेको छ। अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै इटलीमा १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा जुन रुपमा कोरोना भाइरस संक्रमण बढिरहेको छ र जुन रुपमा मृत्यु भइरहेको छ त्यसको रफ्तार हेर्दा इटली चाँडै दोस्रो नम्बरमा आउने देखिन्छ।
अहिले कोरोना संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ। अमेरिकामा ४ लाख ९६ हजारमा कोरोनाको संक्रमण फैलिइसकेको छ। दोस्रो संक्रमित भएको स्पेनमा जम्मा संख्या एक लाख ५७ हजार छ भने तेस्रो नम्बरमा रहेको इटलीमा एक लाख ४७ हजार संक्रमित फेला परेको छ।
संक्रमितको संख्या र मृतकको संख्या हेर्दा इटलीमा बढि देखिन्छ। डेढ लाख संक्रमितहुँदा नै १८ हजारले ज्यान गुमाएका थिए। संक्रमितको संख्या र मृतकको संख्या हेर्दा इटली झै नदेखिए पनि अमेरिकाका मुख्य रुपमा न्युयोर्क सहरमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिइरहेको छ।
शुक्रबार एकै दिन अमेरिकामा कोरोना भाइरसको २० हजार नयाँ संक्रमित फेला परेका थिए भने एक हजार तीन सय जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।