• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना फैलाउन खोजेको भारतीय सुरक्षा एजेन्सीको आरोप

अध्यक्ष भन्छन्- षड्यन्त्र भो
64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  २१:५६
1140x725

काठमाडौं- भारतीय सिमा सुरक्षा बलले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जलिम मियालाई कोरोना संक्रमितलाई नेपालबाट भारत  पठाएर संक्रमण फैलाउने योजना बनाएको गम्भीर आरोप लगाएको छ।  

एसएसबीको पनटोका रामगढवाले गोप्य पत्र पठाउँदै नेपालबाट कोरोना संक्रमित ४० देखि ५० जना भारतीय मुसलमानलाई भारत लैजान लागेको र सो काम मियाले गरेको दावी गरिएको छ। सात तारिखको पत्रलाई आधार बनाएर शुक्रबार भारतीय मिडियाले समाचार प्रशारण गरेका थिए।

कोरोनाको संक्रमण कम गर्न भारत सरकारले २१ दिन लामो लकडाउन गरेको छ। यही मौकामा मिया भारतमा कोरोना संक्रमण फैलाउने योजनामा रहेको पत्रमा दावी गरिएको छ। 

पश्चिम चम्पारण बिहारका जिल्लाका अधिकारीले अति गोपनिय भन्दै पठाएको पत्रमा मियालाई जाली भारतीय रुपैंयाको कारोबारीलगायतका गम्भीर आरोप लगाउँदै अहिले उनी कोरोना भाइरस फैलाउने षड्यन्त्रमा लागेको दावी गरिएको छ।

उक्त गोप्य पत्रमा लेखिएको छ, ‘नेपालमा रहेका जालिम मुखिया (जलिम मिया) नाम गरेका एक व्यक्ति कोभिड-१९ को माहामामरी फैलाउने योजनामा छन्।’ 

पत्रमा जालिम मुखिया भारत तथा नेपालबीच अवैध हतियार सप्लाई तथा तस्करीमा सामेल भएको समेत आरोप लगाइएको छ। उक्त पत्रमा लेखिएको छ, ‘उनकै योजनामा ४०, ५० जना कोरोना संक्रमित मुसलमान भारत प्रवेश गर्न लागेको सूचना आएको छ।’

जिल्ला अधिकारीले पुलिस अधिकारीलाई निर्देशन दिँदै नेपाल-भारत सीमामा सतर्कता अपनाउन भनिएको छ। पत्रमा उनका संदिग्ध गतिविधिको निगरानी गर्न समेत भनिएको छ। जालिम नेपालको पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिकाका स्थानीय भएको बताइएको छ। 

nimb
nimb

नेपाल का 'जालिम मुखिया' भारत में कोरोना फैलाने का बना रहा प्लान

जिल्ला अधिकारीले यो पत्र ६ अप्रिलमै लेखेका थिए। त्यसपछि एसएसबीले नेपाल भारतसीमामा सतर्कता अपनाएको बताइएको छ। 

राजनीतिक चरित्र हत्या गर्न खोजियो, कानूनी उपचार खोज्छु : मिया
गाउँपालिका अध्यक्ष मियाले भने उक्त आरोपको खण्डन गर्दै आफ्नो चरित्रहत्या गर्न खोजिएको बताए। उनले गाउँपालिकाको फेसबुक पेजमा राखेको भिडियोमा  भनेका छन्‚ ‘मित्र राष्ट्र भारतसँग बेटी रोटीको सम्बन्ध छ।’ यसमा आफ्नो पनि साथ सहयोग रहेकाले यस्तो कुरा सोच्न पनि नसकिने उनले बताएका छन्। 

‘चाइनामा कोरोना भाइरस फैलिएको थियो के त्यो मैले फैलाएको हो र? अमेरिका, इटाली, फ्रान्स, एसिया, अफ्रिकाका सारा देशमा पनि भाइरसको संक्रमण फैलिएको छ, त्यो मैले फैलाएको होर?’ आरोप लगाउनेप्रति मियाले प्रश्न गरे।

‘म एक राजनीतिक मान्छे हुँ। यस्तो बेलामा समेत अफवाह फैलाएर भारतले मेरो राजनीतिक चरित्र हत्या गरेको छ। यसरी राजनीतिक चरित्र हत्या गर्नेविरुद्ध प्रहरी, प्रशासन र गृहमन्त्रालयसम्म पुग्छु। अफवाह फैलाउने व्यक्ति पहिचान गरेर कानूनी दायरामा ल्याएरै छाड्छु‚’ मियाले भने। 

यदि यो आरोपमा आफ्नो कुनै संलग्नता भएको पुष्टि भएमा सजाय भोग्न तयार रहेको तर यसरी चरित्र हत्या गर्न भने नपाइने उनको भनाइ छ। 

मौखिक जानकारी आएको छ, उजुरी आएको छैन 
यसबारेमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय पर्सामा कुनै उजुरी नआएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। ‘गाउँपालिका अध्यक्ष मियाले फोनमार्फत उक्त घटनाको जानकारी गराए थिए‚’  एसपी पन्तले भनिन्, ‘त्योभन्दा जानकारी हामीलाई छैन। अहिलेसम्म यस विषयमा कुनै उजुरी पनि आएको छैन।’ 

त्यस्तो कोराना संक्रिमित व्यक्ति पर्सामा हाल नभएको र त्यो आरोप कसरी लगाइयो भन्नेबारेमा अहिलेसम्म आफूहरु जानकार नरहेको पर्सा प्रहरीको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
भोटेकोशी बाढीमा ४६९ जनाको शव फेला, १ हजार ५४५ जना घाइते
ट्रम्पले ‘लेक अमेरिका’ नाम दिने आदेशमा हस्ताक्षर गरे, क्यानडाले भन्यो– ‘नाम सधैं लेक ओन्टारियो नै रहनेछ’
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा ४६९ जनाको शव फेला, १ हजार ५४५ जना घाइते शुक्रबार, भदौ १२, २०८३
ट्रम्पले ‘लेक अमेरिका’ नाम दिने आदेशमा हस्ताक्षर गरे, क्यानडाले भन्यो– ‘नाम सधैं लेक ओन्टारियो नै रहनेछ’ शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा शुक्रबार, भदौ १२, २०८३
युएफसी फाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्