काठमाडौं- शुक्रबार बेलुकीबाट प्रभु मनी ट्रान्सफरको डेटा ह्याक गर्ने सूचना सामाजिक सञ्जाल ट्विटरमा फैलियो। यो सूचना आएको केही बेरमा राति ९ बजेपछि ह्याकरले केही नाम र इमेल सहितको विवरण सार्वजनिक गरे।
प्रभु मनि ट्रान्सफरबाट भएको कारोबार भनिएका ती विवरणमा कारोबार गर्ने व्यक्तिको नाम र फोन नम्बर उल्लेख छ।
यसले नेपालमा विद्युतीय कारोबार एकपछि अर्को गर्दै असुरक्षित बन्न थालेको देखाएको छ।
प्रभुका सिइओ रामेश्वर सापकोटाले ह्याकरले सार्वजनिक गरेको भनिएका विवरण अहिले आफूहरुको कारोबारसँग नमिलेको बताएका छन्।
सापकोटाले यस विषयमा आफ्ना प्राविधिक टोलीले अध्ययन गरिरहेको बताए। नेपाल लाइभसँग उनले भने, 'हामी अलर्टमा छौँ, कुनै जानकारी आए तपाईंहरुलाई जानकारी गराउछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।