काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) देशभरका अदालत आशिंक खुल्दै, आइतबार म्याद थप, अभियोगपत्र दर्ता र थुनछेक सुरु हुने, नियमित मुद्दा सुनुवाई बैशाख ३ गतेसम्म स्थगित । (देशभरका अदालत आशिंक खुल्दै)
२) भरतपुर महानगरपालिका राहत वितरणमा केन्द्रित, कोरोना विशेष अस्थायी अस्पतालमा परीक्षण धमाधम, ७२ घण्टामै कोरोना अस्पताल, १ सय ५ जनाको परीक्षण । (भरतपुर राहत वितरणमा केन्द्रित)
३) कोरोना संक्रमण रोकथाम तथा पहिचानमा विराटनगर महानगरपालिकाद्वारा टोलटोलमा ‘फिभर क्लिनिक’ सञ्चालन, हरेक चोक तथा बजारमा साबुन पानी र स्यानिटाइजरको व्यवस्था । ( विराटनगरमा कोरोनाविरुद्धको तयारी)
४) स्थगित हुँदै महत्वपूर्ण क्रिकेट सिरिज, आउने जुनमा इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच इंग्ल्याण्डमा हुने टेस्ट क्रिकेट अनिश्चित, अस्ट्रेलिया र बंगलादेशबीच हुने सिरिज पनि रोकियो । (स्थगित हुँदै महत्वपूर्ण सिरिज)
५) र, कोरोना भाइरसका कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुग्यो, गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारको आवेदन । (रोजगारी गुमाउनेको संख्या बढ्दै)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।