काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक वस्तुको माग र आपूर्तिका साथै स्टकका विषयमा नेपाल चेम्बर अफ कमर्ससँग छलफल गरेका छन्। मन्त्री भट्टले चेम्बर अफ कमर्समा आपूर्ति समितिका सभापतिलगायतको टोलीसँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम् वितरण प्रणालीबारे छलफल गरेका हुन्।
शुक्रबार भएको सो छलफलमा आपूर्ति समिति सभापति देवेन्द्रभक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको र सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्न वितरण गर्न चेम्बर प्रयत्नशील रहेको बताएका थिए।
मन्त्री भट्ट, सचिव श्री वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले खाद्य वस्तुको स्टक तथा वितरण प्रणालीबारे छलफल गरेका हुन्।
श्रेष्ठ खाद्य किराना व्यापार संघका अध्यक्षसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।