काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शंखमुलमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गराएको छ। उक्त मासु पसलले बजार मूल्यभन्दा बढी रकममा मासुको बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरिएको हो।
खसीको मासु अहिले बजारमा प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री वितरण भइरहेकोमा आइकालु मिटसपले प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री वितरण गरिएको भेटिएपछि कारबाही गरिएको हो।
बजार मूल्यभन्दा करिब दोब्बर मूल्य राखेर मासु बिक्री वितरण भइरहेको भन्दै उपभोक्ताबाट वाणिज्य तथा आपूर्ति विभागमा गुनासो गएको थियो। अनुगमनका क्रममा मासुमा तोकिएको गुणस्तर र मानक पनि नपुगेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (च) तथा अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएकोमा दफा ३८ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।