सिओल- दक्षिण कोरियामा कोरोनाको महामारी रहेकै अवस्थामा जनताले लोकतन्त्रका लागि आफ्नो मतदानको अधिकार पुरा गरेका छन्।
अर्को साताको बुधबार त्यहाँ संसदीय निर्वाचन हुँदैछ। त्यसभन्दा पहिले दुई दिन मतदान गरिन्छ। यसका लागि ठूलो संख्यामा मतदाता घर बाहिर निस्केका छन्।
यसरी मतदानका लागि आएका सबै मतदाताको ज्वरो नापिएको छ र उनीहरुलाई मास्क र पञ्जाको व्यवस्था पनि गरिएको थियो। कोरियामा २७ नयाँ बिरामी फेला परेका छन्। योसँगै कोरियामा १० हजार ४ सय ५० संक्रमित पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।