• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वीरगञ्ज : एक वडाबाट अर्कोमा जान बन्देज, हेल्पलाइनमा १० कर्मचारी

64x64
रामकुमार डिसी शुक्रबार, चैत २८, २०७६  २१:५५
1140x725

काठमाडौं-  सीमावर्ती महानगर वीरगञ्ज पनि कोरोना भाइरस (कोभिड–१९) को थप जोखिममा छ। यद्यपि महानगरभित्रका कसैलाई पनि अहिलेसम्म कोरोना संक्रमण भएको छैन। भारतसँगको अन्तर्राष्ट्रिय खुला सीमा जोडिएको मात्रै नभई नेपालको सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज पातलो आवतजावत चलिरहेको छ। यस्तोमा महानगर कोरोना संक्रमणको खोजिमसँग जुध्न के–के गरिरहेको छ त? 

कोरोना संक्रमणको सन्त्रास आगोझैं फैलिरहेका बेला वीरगञ्ज महानगर त्यसलाई निभाउन सचेत भइसकेको थियो। सचेतनाका लागि नेपाल सरकारले लकडाउन घोषणा गर्नुअघि नै वीरगञ्जले लकडाउन घोषणा गरिसकेको थियो। तर संयोग, वीरगञ्जले लकडाउन घोषणा गरेकै दिन नेपाल सरकारले पनि घोषणा गर्‍यो। वीरगञ्जले घोषणा गरेकै दिनबाट लागू हुने गरी नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेको थियो। 

‘जब कोरोना भाइरसको सन्त्रास चारैतिर आयो हामीहरू नेपाल सरकारले लकडाउन घोषणा गर्नुभन्दा नै पहिले निर्णय गर्‍यौं कि भोलिदेखि लकडाउन गर्छौं,’ महानगरका मेयर विजयकुमार सरावगी भन्छन्, ‘संयोगवस नेपाल सरकारले पनि हामीले लकडाउनमा जाने निर्णय गरेकै दिनको राती त्यस्तो घोषणा गर्‍यो। त्यसको दुरगामी असर के भयो भने हामी घरमै बस्नुपर्छ भनेर समयमै सचेत भइहाल्यौं।’

विदेशबाट आएकालाई क्वारेन्टाइनमा
अन्तर्राष्ट्रिय सीमा भएको हुनाले देशभरको आउजाउ भइरहन्छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका विभिन्न उपायमध्ये आवतजावत नियन्त्रण मुख्य ठानिन्छ।  त्यसमा लकडाउनले सहयोग पुर्‍याको भए पनि सीमावार्ती महानगर भएकाले यसलाई शून्यमा झार्न भने सम्भव भएन। आइहालेकाहरु समाजमा गएर संक्रमणको सहयोगी नबनुन् भनेर महानगरले ‘क्वारेन्टाइन’को व्यवस्था गरेको छ। 

 

महानगरका अनुसार एमबी केडिया कलेज र सिद्धार्थ स्कुलमा गरी दुई स्थानलाई क्वारेन्टाइन बनाइएको छ, जहाँ अहिले ७१ जना बसिरहेका छन्। आवश्यक परेको खण्डमा त्यसलाई हजारसम्म विस्तार गर्न सकिने मेयर सरावगीको भनाइ छ। 

‘त्यो क्वारेन्टाइन अहिले सेनाको जिम्मामा चलिरहेको छ,’ उनी भन्छन्, ‘त्यहाँ खानपिनदेखि सारा व्यवस्था महानगरले गरेको छ। हामीसँग अहिलेको क्षमता भनेको सय मात्र हो। तर हामी तत्काल त्यही ठाउँमा एक हजारसम्म राख्न सक्छौं। त्यही हिसाबले व्यवस्था मिलाएका छौं।’

Ncell 2
Ncell 2

क्वारेन्टाइनमा बस्नेहरुलाई महानगरले तीन पटक खाना खुवाउने गरेको छ। क्वारेन्टाइनमा बसेकाको परीक्षणपछि संक्रमण नभएको पाइए घर पठाउने गरिएको छ। ‘अहिले क्वारेन्टाइनमा बाहिरबाट आएका र स्वाब परीक्षणका लागि पठाइएकाहरु हुन्,’ मेयर सरावगी भन्छन्, ‘परीक्षणपछि ‘नेगेटिभ’ आउनेलाई हामीले छाडिरहेका छौं, र यहाँबाट गएर घरमै क्वारेन्टाइनमा बस्न भनेका छौं। अहिले अन्तर्राष्ट्रिय सीमा बन्द छ, त्यसकारण नयाँ मान्छे कोही पनि आएको छैन।’ 

त्यस्तै सेनाको सहयोगमा महानगरले बुधबारदेखि ‘ट्रेसिङ’को पनि काम थालेको मेयर सरावगी बताउँछन्। ‘आजदेखि हामीले ट्रेसिङको व्यवस्था गरेका छौं,’ उनी भन्छन्, ‘यसमा महानगरपालिकाले सेनालाई सघाउँछ, सेनाले यसको नेतृत्व लिन्छ। सेनाले पूरा पर्साभरकै ट्रेसिङको काम सुरुवात गर्दै हुनुहुन्छ।त्यसबाट एउटा फाइदा के हुन्छ भने कुनै पनि संक्रमित  छ भने उसको स्वाब परीक्षण गरेर जुन–जुन मान्छे उसको सम्पर्कमा आएको होला त्यस्ता मान्छेलाई पनि ‘सेल्फ आइसोलेसन’ वा क्वारेन्टाइनमा ल्याएर राख्न सजिलो हुन्छ।’

प्रवेश नाकामा चेकजाँच, महानगरमा स्प्रे
लकडाउनका कारण सीमाबाट प्रवेश गर्नेहरुको संख्यामा निकै कमि आएतया पनि शून्य भने भएको छैन्। नेपाल प्रवेश गर्नेहरुका हकमा ‘थर्मल गन’बाट ज्वरो भए/नभएको चेकजाँच गरेर मात्रै प्रवेश दिइने गरिएको छ। 

अत्यावश्यकीय समान बोकेका सधान पनि भित्रिरहन्छन्। जोखिम ती समानहरुमार्फत पनि कोरोना सर्ने उत्तिकै हुन्छ। प्रवेश गर्नेहरुका लागि ‘डिसकन्टामिनेट’ गर्ने गरिएको मेयर सरावगीको भनाइ छ। उनी भन्छन्, ‘हामीले नाकामै मालसामान चेकजाँचको व्यवस्था मिलाएका छौं। त्यसलाई डिसकन्टामिनेट गर्ने व्यवस्था पनि गरेका छौं। त्यसका लागि एउटा रसान दमकलमा राखेर हामी स्प्रे गर्छौं, त्यसपछि मात्रै हामी प्रवेश गर्न दिन्छौं।’

त्यस्तै सकेसम्म सम्पूर्ण महानगरलाई नै संक्रमणमुक्त पार्न किटनाशक औषधि पनि छर्कने गरिएको छ। १५ दिनअघि देखि नै यस्तो काम जारी राखिएको महानगरको भनाइ छ। 

‘रोगलाई नियन्त्रण गर्न महानगरपालिकाले सरसफाई, लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम र केमिकल युक्त पानीद्वारा सेनेटाइजलाई पनि तीव्रता दिएको छ,’ महानगरले यसबारे बेवसाइटमा तस्बिर समेत राख्दै लेखेको छ, ‘लामखुटे मार्ने औषधि छर्ने कार्य वडाहरुसँगको समन्वयमा भइरहेको छ भने बारुणयन्त्र शाखाको विशेष सक्रियतामा ‘सेनेटाइज’को कार्यलाई तिब्रता दिइएको छ।’

कोरोना विशेष अस्पताल संचालको तयारी 
कोरोना असस्पतालाई एकान्तमा राख्नु उचित हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ। त्यसलाई मध्यनजर गर्दै नरायणी प्रादेशिक अस्पताल आफ्नै क्षेत्र भित्र भएको महानगरले कोरोना विशेष अस्पताल संचालन गर्ने तयारी गरिहेको छ। 

त्यसको तयारी भइरहेको भए पनि केन्द्र र प्रादेशिक  सरकारको निर्देशनपछि त्यसलाई अघि बढाउने मेयर बताउँछन्। ‘यहाँ कोभिड-१९ विशेष अस्पताल बनाउने तयारी गरिरहेका छौं,’ सरावगी भन्छन्, ‘एउटा निजी अस्पताललाई जिम्मा लिएर हामी कोभिड–१९ अस्पताल घोषणा गर्न गइरहेका छौं। यसको प्रक्रिया हिजोदेखि सुरु भइसक्यो। हिजो प्रदेशको विज्ञ टिम हेरेर गइसक्यो। यसमा कम्तीमा पनि १ सय शय्या छ। पर्सासहित ४ जिल्लालाई यो प्राप्त हुन्छ। जनकपुर र वीरगञ्जमा खोलियो भने ८ वटै जिल्लालाई यो पर्याप्त हुन्छ।’

तर, स्वास्थ्य उपकरण भने महानगरसँग छैन। यसका लागि महानगरले प्रदेश र संघीय सरकारको सहयोग प्रतिक्षा गरिरहेको छ। ‘हामीसँग स्वाथ्य उपकरण प्रयाप्त छैन्,’ मेयर सरावगी भन्छन्, ‘यसमा हामी अहिलेसम्म तयार छैनौं। प्रदेश सरकार र केन्द्र सरकारले बल्ल टेन्डर आह्वान गरेका छन्।’ जतिले आवतजावत गरेका छन्, उनीहरु सबैको स्वाब परीक्षण गरियो भने मात्रै चाँडै खतरामुक्त भइन्थ्यो भन्ने मेयरको भनाइ छ। 

गरिबका लागि राहत र आपूर्ति
लकडाउन प्रभावित मजदुर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण राहात पनि बाँडिरहेको महानगर बताउँछ। त्यसका लागि विपन्न पहिचान गर्ने निर्देशिका बनाइएको छ  भने कोषले उनीहरुको पहिचान गर्ने काम गर्ने छ। 

‘लकडाउनको अवस्था बढ्दै गएपछि हामीले फेरी सहयोगको मात्रा थप्दै गएका पनि छौं,’ मेयर सरावगी भन्छन्, ‘अझँ हामी थप्न तयार छौं। अब हामी जुन राहात वितरण गछौं, त्यसकाल लागि नेपाल सरकाले बनाएको मापदण्ड अनुसार स्वयं घोषणाको फारम भराइरहेका छौं। त्यसको सबै विवरण भोलिसम्म आउँछ। त्यसअनुसार सेनाको सहयोग लिएर घरघरमा राहात पुर्‍याउँछौं। कसैले दुरुपयोग पनि नगरोस, र आवश्यक पर्नेलाई पुगोस् भन्ने व्यवस्थापन हामीले मिलाउँछौं।’

सुरुमा दुई किलो चामलसहित आवश्यक खाद्यन्न दिएको र अब त्यसलाई ५ किलो, १० किलोसम्म पुर्‍याएको र त्यसलाई ३० किलोसम्म पुर्‍याउने योजना महानगरको छ। 

त्यस्तै महानगरले आपूर्ति व्यवस्थालाई पनि सकेसम्म सजिलो बनाउने प्रयन्त गरिहेको छ। पहिलो विभिन्न समय तोकेर दिनभर चार घण्टा मात्रै पसल खोल्न पाइने निर्णय गरेको महानगरले यसबाट झन भिड बढेपछि त्यसलाई परिमार्जन गरिएको छ। अहिले किनमेलका लागि एक वडाबाट अर्को वडामा जान पाइदैन। अतिआश्यक वस्तु किनमेलको समय सीमा भने तोकिएको छैन। 

यस्तो किन भन्ने प्रश्नमा मेयर सरावगीको तर्क छ। ‘बढी जोड चाहिँ हामिले समान घरघरमै पुगोस् भन्नेमा दिएका छौं,’ उनी भन्छन्, ‘सीमत समय राख्ने हो भने एकैपटक बाहिर मान्छे निस्कँदा भिड धेरै हुन्छ। आवश्क दूरी राख्नुपर्ने कुरा छ त्यो लागू गर्न गाह्रो हुन्छ। त्यसैले पहिले हामीले ४ घण्टा भनेर छाटो समय दिएका थियौं, अहिले त्यसलाई लम्बयाइ दिएका छौं। अहिले बिहानदेखि बेलुकासम्मै खोल्न दिएका छौं। जति लामो समयसम्म खोलियो, त्यति नै भिड कम हुन्छ। तर एउटा वडाबाट अर्को वडामा जान बन्देज गरेका छौं।’

मासुको हकमा चाहिँ दिनभर काट्ने, अनि जुन ठाउँबाट अर्डर आउँछ, रातभर पुर्‍याइदिने व्यवस्था महानगरले गरेको छ। 

हेल्पलाइन पनि
महानगरले आपत्कालीन सहयोगका लागि १० जना व्यक्तिलाई तोकेरै खटाएको छ, जसले अप्ठ्यारोमा परेर फोन गर्नेहरुको समस्या समाधन गर्ने कोसिस गर्ने छन्। यसबाट धेरैलाई सजिलो भएको र आफूहरुलाई पनि प्रेसर कम भएको अनुभव मेयरको छ। 

‘मान्छेहरु लगातार फोन गर्ने भएको हुनाले जसको विषय छ, त्यसमा फोन गरेर घरबाट निस्कन नपरोस भनेर हामीले आफ्नो हेल्प लाइन दिएका छौं,’ मेयर सरावगी भन्छन्, ‘यसबाट हामीमाथि प्रेसर पनि अलिकति घटेको छ। मान्छेले आफै फोन गरेर आआफ्ना समस्या पनि समाधन गरिरहेका छन्।’

चुनौती पनि 
यस्तो अवस्थामा जनतालाई सेवा सुविधा दिन र कोरोनाबाट बचाउन पक्कै पनि चुनौती छन्। ती चुनौतीबारे महानगरका मेयर सरावगी भन्छन्-

सबैलाई आआफ्नो घर जाने हतारो, रहर हुन्छ। केही मान्छेहरुले गलत ढंगले प्रवेश पनि गरेका होलान्। नेपाल सरकारले केही कुरा पठाउँदा वीरगञ्जलाई दोस्रो दर्जाको रुपमा व्यवहार गरिरहेको छ, अहिले पनि। सारा आवतजावत यहाँबाट छ। सारा काम यहाँबाट हुन्छ। यहाँ त सबैभन्दा पहिले गर्नुपर्ने काम हो व्यस्थापनको। 

वीरगञ्ज भनेको अन्तर्राष्ट्रिय नाका भएकाले देशभर वितरण गर्ने समान यहीबाट जान्छ। हामी त झन बढी जोखिममा काम गरिरहेका छौं। यो व्यवस्थापनमा खर्च धेरै आउँछ। 

अहिलेसम्म महानगरपालिकाले आफ्नो साधन, स्रोतबाट काम गर्‍यो। तर, हामी कतिदिनसम्म धान्ने त? आइसोलेसन, क्वारेन्टानमा राखेमा मान्छेहरुको व्यवस्थापन हामी एक्लैले गर्नुपर्छ। एउटा वीरगं, पर्सा जिल्लाको मात्रै होइन कि अरु जिल्लाको भार पनि हामीलाई नै आउँछ। 

सबभन्दा ठूलो काम हो ट्रेसिङ गर्ने।  ट्रेसिङ गरेपछि शंकास्पद मान्छेहरुको र्‍याल परीक्षण गर्ने। एक दिनमा कम्तिमा पनि एक हजार मान्छेको परीक्षण गर्नुपर्ने अवस्था आइरहेको छ। हामीसँग खोइ त्यसको उपकरण आजसम्म छैन। 

प्रदेशका लागि मेसिन आएको छ, त्यो पनि त्यतिकै थन्किएर बसेको छ जनकपुरमा। महानगरको जनसंख्या ४ लाख भए पनि हामीले पर्सा जिल्लाभरीका १२ लाख हेर्नुपर्छ र अरु जिल्लाको पनि हेर्नु परिरहेको छ।  सीमा पार गर्न तम्तयार भएकाहरुका लागि नेपाल र भारत सरकारले सीमा नाका बन्द गरेका कारण दुवै देशका नागरिक एकअर्काको देशमा फसिरहेका छन्। 

भारततिर रहेका नेपाली नागरिकलाई भारतले क्वारेन्टाइनमा राखेर खाने, वस्ने लागयतका सुविधान प्रदान गरिरहेको छ। त्यस्तै नेपालले पनि आफ्नो देशमा रहेका भारतीय नागरिकहरुलाई क्वारेन्टाइनमा राखेको छ। 

वीरगञ्ज महानगरले पनि त्यहाँको ठाकुर राम क्याम्पसमा१ सय ७५ जना भारतीयलाई राखेर खान खाने, बस्ने लगायतको व्यवस्था गरिरहेको छ। 

जारी लकडाउन खुल्ने वित्तिकै र नखुले पनि १४ दिन पुरा गरेकाहरु नेपाल फर्किने छन्।

त्यसका लागि महानगरको योजना के छ त? सरावगी भन्छन्:

सबै नाकाबाट मानिसलाई छिर्न नदिने। खाली वीरगञ्जबाट दिने भनेर हामीले आजै निर्णय गरेका छौं। जो आउँछन्, उनीहरुको प्रदेश अनुसारको अलग–अलग लाइन बनाएर बसमा राखेर सिधै आआफ्नो प्रदेश पठाइदिने। चेकजाँच गरेर कसैलाई लक्षण देखियो भने उनीहरुलाई यहीको क्वारेन्टाइनमा राख्ने। बाँकीको हकमा सम्बन्धित प्रदेशको जिम्मामा पठाइदिने। हाम्रो प्रदेशको ८ वटा जिल्लाको हकमा पनि त्यही गर्ने भनेर हामीले निर्णय गरेका छौं। 

सेनाले पनि त्यो सबै काम हेर्छ। नेपाली सेना एकदमै गम्भीर भएर हामीलाई सहयोग पनि गरिरहेको छ। त्यसै अनुसार काम हुन्छ पनि। हामीले सबै योजना बनाइ पनि सकेका छौं। यो योजना सेना र प्रशासनमार्फत केन्द्र सरकारलाई गइसकेको छ। त्यसपछि केन्द्र सरकारबाट जे निर्देशन आउँछ, त्यही अनुसार काम हुन्छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो आइतबार, पुस ६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट आइतबार, पुस ६, २०८२
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की आइतबार, पुस ६, २०८२
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्