काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत ट्विटर अकाउन्टबाट कुराकानीबारे जानकारी दिएका छन्।
‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें’, उनले ट्विटमा लेखेका छन्, ‘कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं। लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं। आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ।‘
त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि टेलिफोन संवादमा कोरोनाविरुद्ध लड्न सहकार्य गर्ने विषयमा छलफल भएको र यसमा नेपाललाई आफ्नो साथ हुने उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।