• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेकपामै ठूला नेताको काखमा बसेर मेरो चरित्रहत्या गर्न खोजिएको छ : भानुभक्त ढकाल [अन्तर्वार्ता]

राष्ट्रिय समाचार समिति शुक्रबार, चैत २८, २०७६  १२:१५
1140x725

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन्। सरकारले रोकथामकै लागि यही चैत ११ गतेदेखि लकडाउन गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन बन्द गरेको छ। भाइरससँग जुध्ने यस मोर्चाको अग्रपंक्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी छन्।

स्वास्थ्य क्षेत्रको अभिभावकीय भूमिकामा रहेको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनशक्ति परिचालन, अस्पतालहरुको पूर्वाधार र व्यवस्थापन, सामग्री व्यवस्थापन, जनचेतना र सूचना सम्प्रेषणका कामको अगुवाइ गरिरहेको छ। मन्त्रालयको समग्र रोकथामको पहल, स्वास्थ्य सेवा, व्यवस्थापन र आगामी रणनीतिबारे मन्त्री ढकालसँग राससले गरेको कुराकानीको सम्पादित अंशः

चीनमा कोरोना भाइरस संक्रमण देखिएको सय दिन पुगेको छ। नेपालमा पनि यो संक्रमण समुदायस्तरमा अर्थात् दोस्रो चरणमा प्रवेश गरेको छ। तपाईंले भन्नुपर्दा अहिले यस सङ्क्रमणको अवस्था कस्तो छ?
हामीले सुरुमा यो रोगलाई नेपाल प्रवेशमा निषेध गर्नाका साथै यसविरुद्ध जनचेतना जागरणको माध्यमबाट रोकथाम अपनाएका थियौँ। विदेशबाट आएकालाई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्न अपिल गरेका थियौँ। संक्रमण भएको अवस्थामा अस्पतालमा लगेर परीक्षण र उपचार गर्ने हाम्रो योजना थियो। यसको स्थिति भयावह हुन नदिन पहल गर्ने र भएमा त्यसको सामना गरी क्षति न्यून गर्न अधिकतम प्रयत्न गर्ने योजना थियो।

चैत २७ गतेसम्मको स्थिति भन्नुपर्दा हामीले संक्रमणलाई नौ जनासम्ममा सीमित गर्ने सफलता प्राप्त गरेका छौँ। तीमध्ये एकजना निको भएर फर्कनुभएको छ भने आठ जना उपचारमा हुनुहुन्छ। उहाँहरुको स्थिति पनि सामान्य दिशातर्फ उन्मुख रहेको पाइएको छ। यसको एउटा दुःखद पक्ष नेपाली भूमि नछाडेका एकजनामा पनि पोजेटिभ देखिएको छ। यसबाट ग्रिनबाट अर्को माथिल्लो चरणमा हामीलाई लगेको छ। त्यसैले अब थप सावधानी र सतर्कता अपनाउनुपर्छ । हिजोकै योजना र कामका आधारमा मात्रै यसलाई रोकथाम गर्न सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ।

अहिले हामीले मुलुकका १० स्थानमा परीक्षण सेवा सुरु गरेका छौँ र यसलाई अझ बढाएर १५ स्थानमा लाने तयारीमा छौँ।

लकडाउन जारी भएको दुई साता बितिसकेको छ। यो बाध्यकारी अवस्था हो। यतिबेला कोरोनाविरुद्ध विजय हासिल गर्ने मुख्य हतियार वा माध्यम लकडाउन देखिएको विश्वव्यापीकै अनुभवले देखाएको छ। अब नेपालमा भाइरसको रोकथामको थालनी हुँदाका बखत हामीसँग परीक्षण गर्ने स्थान थिएन। टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको परीक्षण थाल्यो। अहिले हामीले मुलुकका १० स्थानमा परीक्षण सेवा सुरु गरेका छौँ र यसलाई अझ बढाएर १५ स्थानमा लाने तयारीमा छौँ। सुरुका दिनमा न्यून संख्यामा परीक्षण भएकामा अहिले यसको दायरा बढेको छ।

अहिले हवाइमार्गबाट संक्रमण आउने स्थिति नभए पनि दक्षिणी छिमेकी मुलुकको सीमाबाट आउनेहरुमा यसको जोखिम देखिएको छ। ती ठाउँमा सेनाको हेलिकोप्टर पठाएर नमूना सङ्कलन गरी परीक्षण आरम्भ गरेका छौँ। सुरुवातमा स्वास्थ्य सामग्री नहुँदा युद्धका कमाण्डरहरुलाई बिनाहातहतियार पठाउनुपर्छ कि भन्ने भएको अवस्थालाई समाधानउन्मुख बाटो तय गरी हामीले सामानको प्रबन्ध गर्न थालेका छौँ ।

त्यसकारण यी सबै प्रबन्धबाट असहज स्थिति आउन सरकारले दिँदैन। हिजोभन्दा हामी अहिले ठिक ठाउँमा छौँ। आगामी दिनमा अझ बढी सामान, औषधिको सुनिश्चितताका लागि हामी लागिरहेका छौँ। कतिपय सरकारी र निजीस्तरमा के गर्ने/नगर्ने भन्ने सवालमा देखिएको अन्योललाई चिरेर एकरुपता कायम गर्ने काममा पनि हामी लागेका छौँ ।

Ncell 2
Ncell 2

भाइरसको दोस्रो चरणमा प्रवेशसँगै हामीले परीक्षण त बढाउँदैछौँ, तर यो न्यून संख्यामा भएको भन्ने गुनासो छ । के अब हामी रणनीति परिवर्तनमा लागेका हौँ?
सामान्यतः सबै ठाउँमा र त्यसमा पनि हाम्रो नेपालमा केही व्यक्तिहरुमा कुण्ठा र असन्तुष्टि पोख्ने र त्यसबाट आत्मरति लिने प्रवृत्ति छ। अप्ठ्यारो परिस्थितिमा कसरी पार पाउने भनेर काम गर्नेभन्दा पनि खुट्टा तान्ने प्रवृत्तिबाट हाम्रो मानसिकतामाथि उठ्न सकेको छैन। आम नेपालीको त हामीलाई साथ छ। यस क्षेत्रमा काम गर्ने चिकित्सक, नर्सलगायतले हामीलाई सहयोग गरिरहनुभएको छ। हामीलाई राजनीतिक दलहरुले सरकारसँग साथमा छौँ भनिरहेका छन् । 

मैले ती नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले एउटा अपराधपूर्ण अभिव्यक्ति दियो कि भनेर साता पन्ध्र दिन निदाउने व्यक्ति पनि नेपालमा काफी पाएँ मैले।

अब आलोचनाका कुराहरु स्वाभाविक रूपमा आफ्नो ठाउँमा हुन्छन्। ती आलोचना कति जायज र निराधार छन् भन्ने कुरा समयले त्यसको यथोचित सबैलाई जवाफ दिने नै छ । हिजो हामीले विदेशबाट  आएका सबै नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न, सम्पर्कमा रहन र बिरामी भए अस्पतालमा जान आग्रह गर्‍यौँ। पोजेटिभ देखिएमा सरकारले उपचार गर्छ भन्यौँ। मैले ती नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले एउटा अपराधपूर्ण अभिव्यक्ति दियो कि भनेर साता पन्ध्र दिन निदाउने व्यक्ति पनि नेपालमा काफी पाएँ मैले।

तर त्यसमा मलाई कुनै पीर छैन। म जुन जिम्मेवारीमा छु, देखेको कुरा निष्ठा र इमानका साथ भन्ने हो। यो जोखिमबाट मुलुकलाई कसरी पार लगाउने भन्नेमा सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समन्वय समिति छ।  मेरो नेतृत्वको सिङ्गो स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । हामी सबै आफ्नो ठाउँबाट रोकथाममा लागिरहेकै छौँ । 

अहिले विदेशबाट आएकाहरु साथै उहाँहरुको सम्पर्कमा रहेकाहरुलाई पनि परीक्षण गर्न थालेका छौँ। हामीले जोखिमयुक्त ठाउँबाट आएका नेपालीहरु जो हालसम्म स्वास्थ्य परीक्षण गराउनुभएको छैन, उहाँहरु र उहाँहरुले भेटेका व्यक्तिलाई पनि परीक्षणको दायरामा ल्याउँछौँ । सीमाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई पनि परीक्षणको दायरामा ल्याउँदैछौँ । यो जोखिमपूर्ण कामका लागि क्वारेन्टाइनको व्यवस्थापन, हेरचाह र उपचारमा संलग्न चिकित्सक, नर्स, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिलाई हामी परीक्षण गर्छौं।

हामीले ‘रियल टाइम पोलिमरेज चेन रियाक्सन’ (पिसीआर) का साथै अब रगतबाट जाँच गर्ने ‘र्‍यापिड डाइग्नोष्टिक टेष्ट’ (आरडिटी) को विधिबाट पनि गरी दैनिक ५०० को हाराहारीमा परीक्षण गर्न थालिसकेका छौँ । अझ यसको दायरा फराकिलो बनाउन हामीले दैनिक हजारभन्दा माथिको परीक्षण गर्नेछौँ । एकै क्वारेन्टाइनमा १० जनामा पोजेटिभ देखिएमा बाँकी ९० जनालाई फरक व्यवहार गरी १० जनालाई अस्पताल ल्याएर उपचार गराउने गरी हामीले तम्तयारी गरेका छौँ । 

हामीले परीक्षणको दायरा बढाउन जनशक्ति र सामग्री अभाव हुन दिइन्न भन्नेमा छौँ । अब गरिएका कामप्रति टीकाटिप्पणी गर्नका लागि अहिले उपयुक्त मौसम छ।

हामीले परीक्षणको दायरा बढाउन जनशक्ति र सामग्री अभाव हुन दिइन्न भन्नेमा छौँ । अब गरिएका कामप्रति टीकाटिप्पणी गर्नका लागि अहिले उपयुक्त मौसम छ। कुराको खाँचो त कसैलाई हुँदैन । लकडाउन छ, विश्वभरि कोरोनाकै कुरा छ। सकारात्मक सोच भएकाले समाधानका लागि सकारात्मक उपाय सुझाउनुहुन्छ। नकारात्मक सोच हुनेले केही न केही गरेर दिन बिताउने क्रममा नकारात्मक कुरा गरेर तीर कसरी उध्याउने भनेर सोच्नुहुन्छ र हान्नुहुन्छ, त्यो कति लाग्छ कति लाग्दैन।

अहिले विश्वका शक्तिसम्पन्न मुलुकले जे समस्या भोगिरहेका छन्, मानिसहरुले यो भाइरसका कारण दोस्रो विश्वयुद्धपछिको भन्दा पनि धेरै जोखिम र भयावह स्थितिमा लाग्दैछ भन्दैछन्। भनेपछि यो कुनै मजाकको अवस्था होइन। हामीले सञ्चारमाध्यमबाटै थाहा पायौँ कि अरुले किनिसकेको र लोड गर्न लागेको सामान चार गुणा बढी मूल्य तिरेर अमेरिकाले लग्यो। त्यहाँ सामान कसरी लगेर मानिसको जीवनरक्षा गर्ने भन्ने हुन्छ।

त्यसकारण जीवन रक्षाका लागि र रोग विस्तार हुन नदिनका लागि सबैको सहभागितामा अहोरात्र खट्न र राज्यको सम्पूर्ण शक्ति लगाएर हामी भाइरसलाई विस्तार हुन नदिने प्रयासमा छौँ । कथंकदाचित स्थिति काबुबाहिर गएमा कसरी कम क्षति गराउने भन्ने योजनामा हामी छौँ । यो योजना र तयारीलाई हामीले एसियका १० मुलुकका मन्त्रीहरुसँगको हालैको भिडियो कन्फरेन्समा छलफल हुँदा यस क्षेत्रमा  हाम्रो तयारी सन्तोषजनक नै पाएका छौँ । हामीले गरेको कामको अन्तर्राष्ट्रियरूपमा प्रशंसा पनि भइरहेको छ । 

नेपालमा जोखिम बढेर महामारीकै स्थिति भएमा रोकथाम र उपचारका लागि कस्तो तयारी छ त?
हामीले विश्व परिवेश र हाम्रो भूगोलका आधारमा पछिल्ला दिनमा आफ्नो तयारीलाई थप सुव्यवस्थित गरेका छौँ । कोरोना डेडिकेटेड अस्पताल घोषणा गरेका छौँ। प्रदेश अस्पतालहरु तय गरेका छौँ। अन्य ठाउँमा पनि परीक्षणको व्यवस्था भएको छ। हामी जोखिम बढेमा यसरी समाधान गर्न सकिन्छ भन्ने योजनाबद्धरुपमै लागेका छौँ। अब कतिपय व्यक्तिलाई यो रोग त्यसै रोकिएको छ भन्ने लागेको छ। ठिकै छ, त्यसै रोकिए पनि वा हामी सबैको साझा पहलले रोकिए पनि रोग नफैलने सुनिश्चितताका लागि लागौँ, त्यो हामी सबैको सफलता हुन्छ।

नेपाली जनतालाई पहिला बचाऔँ, त्यसपछि हाम्रा राजनीति, विचार, आस्था आदिबारे बहस छलफल गरौँला । 

मैले के पनि भन्दै आएको छु भने यो भाइरसको कुनै जात, धर्म, लिङ्ग, क्षेत्र, पेशा, भूगोल र सीमा छैन। यसले कुनै दल वा वर्ग पनि भन्दैन। यो हामी सबैको साझा शत्रु हो। शत्रु त बरु कतिबेला कति शक्तिका साथ आयो भन्ने देख्न सकिन्छ। यो रोगसँग त देखिएर लड्ने स्थिति छैन। यो रोग त निराकार छ। यसको विरुद्ध लाग्दालाग्दै तपार्ईं हामीलाई पनि जोखिम हुनसक्छ। यसरी अदृश्यरूपमा हामी लड्नुपर्नेछ। यो जोखिमबाट हार्ने स्वीकृति हामीलाई छैन। त्यसैले पहिला यसलाई सबै मिलेर परास्त गरौँ । नेपाली जनतालाई पहिला बचाऔँ, त्यसपछि हाम्रा राजनीति, विचार, आस्था आदिबारे बहस छलफल गरौँला । 

स्वास्थ्यकर्मीको सुरक्षा र सामग्रीको उपलब्धताबारे तपाईंले केही कुरा त गर्नुभयो तर यो प्रश्न अझै अहम रुपमा हुँदै आएको छ। यसमा उत्प्रेरणाका कुरा पनि हुन सक्छन्। त्यसका लागि मन्त्रालय के गर्दैछ?
पहिलो कुरा त, यस लडाइँका कमाण्डरहरु स्वास्थ्यकर्मीहरु हुनुहुन्छ। उहाँहरुको अगुवाइमा हामी यो लडाइँमा विजय प्राप्त गर्नुपर्छ भनेर लागिरहेका छौँ। उच्च मनोबल र अदम्य साहसका साथ उहाँहरु आफ्नो ज्यान जोखिममा राखेर लाग्नुभएको छ। उहाँहरुको सुरक्षा र उहाँहरुको अभिभावक राज्य हो भन्ने अनुभूति गराएका छौँ ।

हामीले १०० प्रतिशतसम्म सुविधा वृद्धि र स्वास्थ्यकर्मीका लागि रु २५ लाखको बिमा सुरु गरेका छौँ। प्रदेशस्तरमा पनि यसलाई प्रेरणाका रुपमा लिएर निर्णयहरु भएका छन्। यसैगरी रोकथाम र उपचार गर्ने ठाउँमा भय र अन्य अवरोध हुनसक्ने स्थितिलाई अन्त्य गराउन मन्त्रिपरिषदबाट आवश्यक निर्णयहरु गरेका छौँ । हाम्रा यी सबै निर्णय, काम र प्रोटोकलबारे छिट्टै सार्वजनिक गर्न एक पुस्तिका प्रकाशन गर्दैछौँ । 

अहिले सावधानी अपनाइएन भने भोलि पश्चाताप गर्ने स्थिति हुनसक्छ। आम जनताबाट कष्ठ सहेर पनि यसमा साथ रहेको छ । त्यसकारण यो युद्धमा हामीले विजय प्राप्त गर्न सक्छौँ भन्ने लागको छ ।

अहिले मन्त्रालयमा सरोकार भएका र विज्ञसहितको समिति बनाएका छौँ । समितिको सुझावका आधारमा सरकारी र निजी क्षेत्र एकैसाथ भएर माहामारीविरुद्ध काम गर्ने गरेका छौँ । यही चैत २६ गतेबाट दैनिक कार्ययोजना र समीक्षा तर्जुमाका लागि मन्त्री, सचिव र विज्ञसहितको हाइकमाण्डको हरेक दिन बिहान बैठक आरम्भ गरेका छौँ। त्यसकारण हामीले स्थितिको विश्लेषणका आधारमा काम गर्ने शैलीमा व्यापक परिमार्जन गरेका छौँ। जसरी भए पनि मुलुकलाई यसको भयावह हुन नदिइ स्थिति नियन्त्रण गर्न लागेका छौँ। अहिले दुःख सहेर र सावधानी अपनाएर यसविरुद्ध विजय हासिल गरेमा हामीलाई गर्व गर्ने अवस्था हुन्छ। अहिले सावधानी अपनाइएन भने भोलि पश्चाताप गर्ने स्थिति हुनसक्छ। आम जनताबाट कष्ठ सहेर पनि यसमा साथ रहेको छ । त्यसकारण यो युद्धमा हामीले विजय प्राप्त गर्न सक्छौँ भन्ने लागको छ ।

निजी क्षेत्र र खासगरी औषधि उत्पादकहरुसँगको समन्वय पर्याप्त भएन भन्ने पनि आएको छ नि?
अब सामान्य कामका लागि मन्त्रालय नै आउने कुरा सही होइन। हाम्रा सम्बन्धित निकाय छन् । सबै विषयमा मन्त्रीसहितको निर्णय खोज्ने वा मन्त्रीबाट तोक लगाएर सचिव हुँदै तल शाखामा पुगेर काम हुने प्रवृत्तिलाई म प्रोत्साहित गर्दिनँ। प्रणालीबाट काम गर्ने र समस्या भएमा माथि जाने स्थिति हुनुपर्छ।

मैले मन्त्री भएको यो अवधिसम्म यो काम यसरी गर्नु भनेर तोक लगाएको छैन । तोक केवल औपचारिकताका लागि हुनु हुँदैन । तोक लगाएर पनि निवेदनलाई थन्क्याउने वा काम नहुने स्थिति हुनुहुँदैन । अब अप्ठ्यारो र विशेष स्थितिमा विधि फुकाउन वा कुनै पक्षको मुद्धा छिटो फुकाउनका लागि हामीले सहजीकरण गर्न सक्छौँ तर माथिबाट भन्नेबित्तिकै तल विधि मिचेर काम होस् भन्ने कुरालाई म प्रोत्साहन गर्दिनँ । विधि वा संयन्त्रमा समस्या छ भने फुकाउने काम हुन्छ । संयन्त्रमा खिया लागेको छ भने त्यसलाई उध्याएर तन्दुरुस्त राख्नुपर्छ । 

अर्को कुरा, यो निजी र सरकारी भनेर सीमाङ्कन गराउने काम पनि उचित हुँदैन। माहामारी फैलिएमा के सरकारी, के निजी? हामीले यो रोग फैलिएमा कसरी कहाँ–कहाँ क्रमशः उपचार गराउने भन्ने तय गरिसकेका छौँ । अहिले हामी कोरोना प्रतिरोधी भनेर स्थापित गरेका अस्पतालमा अरु बिरामी राख्दैनौँ । अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ क्षमता नभएमा पाटन अस्पताल, त्यसपछि सशस्त्र अस्पताल, वीर अस्पताल वा त्रिवि शिक्षण अस्पताल होला। त्यसपछि ग्राण्डी वा मेडिसिटी वा अरु अस्पताल हुन सक्छन् । अब निजीले उपचार गर्नुपरेमा निःशुल्क वा कति छुटमा गर्ने भन्ने हामी तय गर्दैछौँ । त्यसैले निजी क्षेत्रकाले यो जिम्मेवारी पूरा गर्दैनन् भन्ने अफवाह मात्रै हो । उहाँहरु पनि यस महामारीको सामना गर्न सहयोगी र जिम्मेवार नै हुनुहुन्छ ।

स्वास्थ्य सामग्री ल्याउने कुरामा केही विवाद देखिए। थप सामान ल्याउन मन्त्रालय लागिरहेको र सरकारले नेपाली सेनालाई पनि सामान ल्याउन जिम्मेवारी दिएको भनिन्छ, यसमा स्पष्ट पारिदिनुस् न?

यसमा कुनै अलमलिनुपर्ने कुरा छैन। हामीलाई सामग्री अभाव थियो। सुरुमा बिनासामान स्थलमा जानुपर्दा गाह्रो छ भनेर चिकित्सकलाई राजीनामा गराउन केही राजनीतिक अभिष्ट भएकाहरुले तयारी गरेको पनि हामीलाई थाहा थियो। चैत ११ गतेको उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल प्रक्रिया पूरा गरी १५ गतेभित्र सामान ल्याउनु भनेर हामीलाई निर्देशन दियो। हामीले छोटो प्रक्रियाबाट तत्काल काम थाल्यौँ । यसको प्रक्रियागत जिम्मेवारी स्वास्थ्य सेवा विभागको हो। विशेष स्थितिमा हाम्रो पनि उपस्थिति र प्रोत्साहन आवश्यक पर्छ भनेर हामीले सहजीकरण गरेका थियौँ ।

माहामारीबाट मानिसको ज्यान जान थाल्ला भन्ने चिन्तामा हामी रहेका बेला मान्छेको मूल्यसँग सामानको मूल्य तुलना गर्न सकिँदैन भनेर प्रक्रियागतरुपमा एक कम्पनीसँगको सम्झौता भई पहिलो चरणको सामान आयो। हामीले प्रत्येक प्रदेशमा व्यक्तिगत सुरक्षा कवच (पिपीइ) दिने वातावरण बन्यो। एक हदसम्म सामान छैन भनेर लगाइएको डढेलो निभाउने काम भयो। त्यो कम्पनीले सबै सामान ल्याउन नसकेपछि स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेपछि अर्को प्रक्रियाबाट अरु सामान ल्याउन लागेका छौँ।  

अब स्वास्थ्य सेवासँग सम्बन्धित सामग्री हाम्रो संयन्त्रबाट आउँछ, कोरोनासँग सम्बन्धित र उच्चस्तरीय समितिबाट निर्णय भएका अन्य आवश्यक सामान उच्चस्तरीय समन्वय समितिमातहतको निर्देशक समिति (सिसीएमजी) ले सरकारदेखि सरकार –जिटुजी) को विधिबाट ल्याउँछ । र अर्को कुरा म के स्पष्ट गरौँ भने जुन–जुन सामान महङ्गो छ भनिएको छ, मास्क, चश्मा, शुकभरजस्ता सामान उक्त रद्द भएको कम्पनीबाट संयोगले पहिलो चरणमा नेपालमा आएकै छैन। 

विगतमा मन्त्रालयसँग नजिक भएर आफ्ना फाइदा लिइरहेका पक्षबाट आफ्ना बाटाहरु बन्द भएका कारणले कुण्ठाग्रस्त र छटपटी भएर हामीमाथि हिलो छ्याप्ने दुष्प्रयासहरु भएको छ ।

हामी जनताको स्वास्थ्यसँग खेलवाड नगरौँ भन्नेमा निरन्तर लागेका छौँ। यस क्षेत्रभित्रका व्यवसायीहरुको अस्वस्थ्य प्रतिस्पर्धा नहोस् भन्नेमा पनि छौँ । विगतमा मन्त्रालयसँग नजिक भएर आफ्ना फाइदा लिइरहेका पक्षबाट आफ्ना बाटाहरु बन्द भएका कारणले कुण्ठाग्रस्त र छटपटी भएर हामीमाथि हिलो छ्याप्ने दुष्प्रयासहरु भएको छ । म भन्न चाहन्छु कि हरेक अग्निपरीक्षामा बहुत दृढताका साथ कञ्चन भएर निस्कनेछौँ। यी निराधार आरोप लगाउने मान्छेहरु समयको कुनै विन्दुमा पुगेपछि यति पवित्र काम गर्दागर्दै पनि यस्तो निष्ठावान मान्छेमाथि मिथ्या आरोप लगाइएछ भनेर जिन्दगीमा पश्चाताप गर्नुपर्नै कुनै एउटा विषय हो भने अहिले हामीमाथि लगाइएको आरोप हो भन्ने खालको कुरामा तिनीहरुलाई पुर्‍याउन सकिन्छ भन्ने विश्वास मैले लिएको छु।

विगतमा मन्त्रालयको संयन्त्र प्रयोग गरेर आफ्ना बाटाहरु सोझाउनेहरु भन्नाले कसलाई भन्न खोज्नुभएको हो?
यसमा स्पष्टै छ त । जो साथीहरुले विगतमा मन्त्रालयसँग सम्बन्ध सुधार्नुभएको थियो । कम काम गरेर पनि धेरै नाफा लिनुभएको थियो । अहिले ती बाटाहरु बन्द भएका छन्। म आएपछिको चार महिना उहाँहरु पीडामा बस्नुभएको व्यथा आफ्नो ठाउँमा होला। मुलुकका लागि उहाँहरुको पीडा र चिन्ताको कुनै अर्थ छैन । त्यो उहाँको पीडासँग म सम्झौता गर्न सक्दिनँ। अहिले मलाई आरोप लगाए पनि सक्दिनँ । भोलि मलाई आरोप नलगाएर अङ्कमाल गर्न आए पनि म त्यो सम्झौता गर्न सक्दिनँ ।

विगतमा कमजोरी भए वा नाजायजरुपमा कसैले फाइदा लिएका भन्ने छ भने सरकार वा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने होइन ?
म मन्त्रालयमा आएपछि हिजोका गलत परम्परालाई बदल्नुपर्छ भनेर लागेको छु । हरेक नयाँ रुपान्तरण आफूले जिम्मा लिएपछि न गर्ने हो। संस्थागत रुपमा देखिने अरु खालका समस्या र कमजोरी छन् भने तिनलाई संस्थागतरुपले सुधार्ने हो। नदेख्ने खालका समस्या भएका छन् भने त्यसखालका बाटाहरु बन्द गरिनेछ । त्यसबाट पनि पछि थाहा हुँदै जानेछ ।

मेरो दलमा चाहिँ ठूला नेताको काखमा बसेर चरित्रहत्या गर्न पल्केकाहरु उफ्रेका छन् भन्ने अनुभूति गरेको छु। तर यी सबै पानीका फोका हुन् ।

अहिले तपाईंमाथि लगाइएको आरोपमा कुनै राजनीतिक वा अन्तरपार्टी सङ्घर्षको रुप देख्नुहुन्छ?
यस्तो बेलामा म सार्वजनिकरुपमा आरोप लगाएर जान चाहन्नँ । तर मेरो आफ्नो अनुभूतिको कुरा गर्दा विपक्षी राजनीतिक पार्टीले चाहिँ नेताहरु नभएर कार्यकर्ताले मविरुद्ध योजना बनाएर यही बेला केही गर्न सकिन्छ कि भनेर अभियानमा लागेको भन्ने सुनेको छु। मेरो दलमा चाहिँ ठूला नेताको काखमा बसेर चरित्रहत्या गर्न पल्केकाहरु उफ्रेका छन् भन्ने अनुभूति गरेको छु। तर यी सबै पानीका फोका हुन् । त्यो मकहाँ आएर ठोक्किएपछि फुटेर जानेछन् । 

मन्त्रालयको संयन्त्रमा खिया लागेको छ भने त्यसलाई पखाल्न के गर्दै हुनुहुन्छ त?

वास्तवमा यहाँभित्र शुद्धीकरण र परिवर्तनको अनुभूति गराउने इच्छाशक्तिका साथ म आएको हुँ। सुरुको एक महिना विषयवस्तु बुझेर कार्ययोजना बनाएर हिँड्ने बेलामा नसोचिएको कोरोना भाइरससँग जुध्नुपरेको छ। भाइरसविरुद्ध लड्न सामान नल्याउँदा किन ल्याएन भन्ने प्रश्न गरियो। सामान ल्याएपछि किन ल्याइयो वा नक्कली सामान ल्याइयो भनियो । ती सामानहरु विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका आधारमा परीक्षण गरेर प्रयोग गर्ने हो।

त्यसकारण सुधार गर्ने कुरामा इच्छाशक्तिका साथ हाम्रो टिम लाग्नुपथ्र्यो, यो महामारीविरुद्ध लाग्नुपरेका कारण अरु सुधारमा लाग्न सकिएको छैन। तर हामी ती सुधारमा लाग्न नपाएकोले हिजोदेखि ढिलासुस्ती, अस्तव्यस्तता र अनियमितता गरेर नै जीवन गुजारा गरेकाहरुले त्यसरी नै दिनचर्या चल्छ भन्ने सोचेका छन् भने त्यो गलत हो । महामारीलाई ठेगान लगाइसकेपछि हामी स्वास्थ्य मन्त्रालय सुधारमा लाग्छौँ। स्वास्थ्य क्षेत्रमा जनताको विश्वासलाई अभिवृद्धि गर्न हाम्रो टिम सक्षम हुनेछ।

अस्पताल र परीक्षण केन्द्रमा स्वास्थ्य जनशक्ति कसरी थप्दै हुनुहुन्छ? 

हामी यो क्षेत्रमा विगतमा काम गरेर अवकाश लिएका स्वास्थ्यकर्मीलाई पनि सार्वजनिकरुपमा तीन महिनाको अवधि राज्यलाई सेवा गर्नुहोस् भन्ने तयारीमा छौँ। यसमा पारिश्रमिक लिएर सहयोग गर्न पनि सकिने भयो। स्वेच्छाले सहयोग गर्न पनि सकिने भयो। मुलतः हामी तलब दिएर लगाउँछौ। छात्रवृत्तिमा अध्ययन गरिरहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम लिइरहेका जो मान्छे पासआउट भएका छन्। मेडिकल कलेजहरुले पनि दक्ष जनशक्ति उत्पादन गरेका छन्, तिनीहरु र अरु स्वयंसेवकलाई पनि राष्ट्रलाई परेका बेला सेवा गर्नुहोस् भनेर आग्रह गरी परिचालन गर्ने योजनामा छौँ ।

हवार्ईजहाजमा आएका संक्रमितसँगै आएका सबैलाई प्रहरी लगाउँदा पनि अझै भेट्टाएका छैनौँ। ५–७ जना मान्छे अझै पत्ता लाग्न बाँकी छ।

कतिपय ठाउँमा चेतना वा समन्वयको अभावले हुनसक्छ,  अहिले पनि विदेशबाट को आए भन्ने जानकारी लुकाउने र क्वारेन्टाइनमा लान खोज्दा अवरोध गर्ने स्थिति छ?

अब मैले होम क्वारेन्टाइनमा बस्नुपर्छ भन्दा पाए स्वास्थ्मन्त्रीको जिब्रै थुत्नुपर्छ भन्ने चेतना भएको ठाउँमा क्वारेन्टाइनमा बस्न नमानेको पाइनु त्यो उसले आफ्नो चेतनाको स्तर पालना गरेकै मान्नुपर्छ। यसका लागि अहिले हामीले स्थानीय तहका प्रत्येक वडालाई समन्वय गर्न भनेका छौँ। हवार्ईजहाजमा आएका संक्रमितसँगै आएका सबैलाई प्रहरी लगाउँदा पनि अझै भेट्टाएका छैनौँ। ५–७ जना मान्छे अझै पत्ता लाग्न बाँकी छ।

लुकेर बसेका व्यक्ति अझै पत्ता नलागेपछि हामीले पत्ता लगाउने विधिका रुपमा वडाध्यक्षको नेतृत्वमा स्वस्थ्य स्वयंसेविकासमेत भएको समिति बनाएका छौँ। त्यो समितिले त्यस्ता मान्छेलाई पत्ता लगाएर सम्झाइबुझाइ गरेर क्वारेन्टाइनमा राख्न भनेका छौँ। अटेर गरेर लोकतान्त्रिक विधिबाट प्रहरी लगाएर पनि उहाँहरुलाई क्वारेन्टाइनमा सुरक्षित राखिनेछ।

रोकथाम र उपचारका लागि प्रदेश र स्थानीयतस्रमा समन्वय कस्तो छ?

यसमा हाम्रो सौहार्दपूर्ण सम्बन्ध र समन्वय रहेको छ। प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा यसको व्यवस्थापन गर्न समिति छ। जिल्लामा जिल्ला समन्वय समितिको संयोजकत्वमा समिति छ। स्थानीय तहमा समिति छ। माहामारीका विरुद्ध केन्द्रदेखि प्रदेश, स्थानीय सरकार एकताबद्ध भएर काम गरिरहेका छौं। बढी प्रभावित ठाउँमा जनशक्ति र सामान पठाएका छौँ। प्रभावित नभएका ठाउँमा पनि सामग्री पठाएका छौँ। जोखिम हेरेर नै प्रदेशलाई सामानको मात्रा निर्धारण गर्ने तयारीमा रहेका छौँ। सबैतिर माग बढ्नु त अन्यथा होइन।

अहिलेसम्म काठमाडौँ, सुदूरपश्चिम प्रदेश र गण्डकीको बागलुङमा सङ्क्रमण भएको देखिएको छ। यी क्षेत्र बढी प्रभावित र रोकथामका लागि प्राथमिकतामा पर्ने भए। पहिलोपटक नेपालमा रहेको व्यक्ति भएको व्यक्तिलाई भेटिएपछि हामी सतर्कता अपनाएका छौँ। सुदूरपश्चिमका सबै पहाडी जिल्लामा स्वाब सङ्कलनलाई तीव्रता दिएका छौँ। कतिपय ठाउँमा परीक्षणको मेसिनले नपुगेर अर्को मेसिन पठाएका छौँ। यो जोखिमलाई हेरेर सामान पठाउनेदेखि चिकित्सक अभावलाई पनि समाधान गर्नका लागि छात्रवृत्तिमा पढेका चिकित्सक, सेनानिवृत्त भएका चिकित्सकलाई आग्रह गरेर त्यो क्षेत्रलाई सम्बोधन गर्न लागिरहेका छौँ ।

परीक्षणका लागि ल्याबको क्षमता त विस्तार भयो तर स्वाबको नमूना सङ्कलन पर्याप्त हुन नसकेको गुनासो छ नि?

यो कस्तो छ भने पहिला हामीले काठमाडौँबाट मात्रै परीक्षण गर्‍यौँ । मान्छेहरुले टेकुले परीक्षण नै गर्दैन। त्यही भएर संक्रमित नभेटिएको पनि भने। अनि सुरुका संक्रमित जो देखिए ती त्यही टेकुले परीक्षण गरेर थाहा भएको होइन र? के संक्रमितले प्रमाणपत्र लिएर आएका थिए त? बिरामीको संख्या लुकाएर सरकारले के पाउँछ? आउँदो चुनावमा भागै नलिइ हाम्रो सिट बढ्छ? के माहामारीको जोखिम भनेको खेलाँचीको विषय हो?

त्यसकारण परीक्षणका लागि अहिले १० ठाउँमा ल्याबको व्यवस्था भयो। एक हप्ताभित्र हामी १५ ठाउँमा पुर्‍याउँछौँ। जोखिम बढ्यो भने पहाडी जिल्लामा पनि मेसिन पुर्‍याएर परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ। हामी दैनिक हजारको संख्यामा परीक्षण गर्दैछौँ। कतिपयलाई के लागेको छ भने यो कोरोनाले नेपालमा आउने बाटो बिर्सिएको छ कि क्या हो? एक/दुई जना मान्छे मर्‍यो भने कम्तीमा सरकारको विरोध गर्न पाइन्थ्यो, राजनीति पाइन्थ्यो। उछितो काढ्न, खेलोफड्को गर्न पाइन्थ्यो भनेर घरमा मोबाइल खेलाएर र सिरक ओढेर ती बसेका छन्। त्यसको तपाईं के उपचार खोज्नुहुन्छ? मुलतः धेरै मात्रामा परीक्षण गर्न हामीलाई जनताले भनेका छन्, हामी त्यो गर्दैछौँ । सरकार र सबै पक्षको हातोमालोबाट यस भाइरसविरुद्धको लडाइँमा हामी सबै विजयी होऔँ ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:१५
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ !
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो आइतबार, पुस ६, २०८२
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट आइतबार, पुस ६, २०८२
परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की आइतबार, पुस ६, २०८२
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्