एजेन्सी–छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित लगातार बढेका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको हो। त्यस्तै मृत्यु हुनेहरुको संख्या २ सय २७ पुगेको छ भने ५ सय ४ जना उपचारपछि फर्किएका छन्।
भारतमा महाराष्ट्र, तमिलनाडु र दिल्लीमा सबैभन्दा बढी संक्रमित पाइएका छन्। महाराष्ट्रमा १३६४ संक्रमित पाइएका छन् भने तमिलनाडुमा ८३४ जना र दिल्लीमा ७२० जनामा कोरोना संक्रमण पाइएको छ। सबैभन्दा धेरै मृत्यु पनि महाराष्ट्रमै भएको छ। महाराष्ट्रमा ९७ जनाले ज्यान गुमाएका छन्।
नेपालसँग सिमाना जोडिएका बिहारमा ३९, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना संक्रमित भएको जनाइएको छ।
दिल्लमिा र उत्तरप्रदेशसहितका ‘हटस्पट’मा सील
भारतभरि मार्च २४ देखि २१ दिन लामो लकडाउन चलिरहेको छ। तै पनि संक्रमितहरुको संख्या बढिरहेको छ। रेल ,सार्वजनिक यातायात लगायतका आवतजावतमा बन्देज लगाइएको भए पनि मानिसहरु हजारौको संख्यामा हिडिरहेका छन्। सहरी क्षेत्रमा मजदूरी गर्दै आएकाहरु गाउँ फर्कने भन्दै हिडेका छन्। त्यस्तै कोरोना संक्रमित धेरै देखिएका केही क्षेत्रमा राज्य सरकारले हट स्पट निर्माण गर्दै सीलसमेत गरेको छ।
खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय ‘हटस्पट’ भनिएका स्थानहरूमा आवतजावतमा पूर्ण बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर सील गरिएको छ।
दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी सील गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।
नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ ‘हटस्पट’लाई पूर्ण रूपमा ‘सील’ गरिको छ।
हरियाणाका ९ क्षेत्रमा सील
हरियाणाको गुरुग्राम क्षेत्रको ९ इलाकामा सील गरिएको छ। गुरुग्राम प्रशासनले कोरोना भाइरस संक्रमण फैलिएका क्षेत्रलाई हटस्पट घोषणा गरेको छ ।
अर्थतन्त्रको चिन्ता
कोरोनाभाइरस संक्रमणका कारण आर्थिक गतिविधिमा बन्देज लगाइँदा विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन्। यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ।
विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालत पनि चिन्ताजनक बनेको छ। त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति गुम्न सक्ने भन्दै चेतावनी दिएका छन्।
कोरोना भाइरसका कारण करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्ने उनीहरुको चेतावनी छ। गरिब किसान तथा मजदूरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुनेछन् या त कम तलब थाप्न बाध्य हुने उनीहरुको आँकलन छ।
एजेन्सी–छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित लगातार बढेका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको हो। त्यस्तै मृत्यु हुनेहरुको संख्या २ सय २७ पुगेको छ भने ५ सय ४ जना उपचारपछि फर्किएका छन्। भारतमा महाराष्ट्र, तमिलनाडु र दिल्लीमा सबैभन्दा बढी संक्रमित पाइएका छन्। महाराष्ट्रमा १३६४ संक्रमित पाइएका छन् भने तमिलनाडुमा ८३४ जना र दिल्लीमा ७२० जनामा कोरोना संक्रमण पाइएको छ। सबैभन्दा धेरै मृत्यु पनि महाराष्ट्रमै भएको छ। महाराष्ट्रमा ९७ जनाले ज्यान गुमाएका छन्।
नेपालसँग सिमाना जोडिएका बिहारमा ३९, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना संक्रमित भएको जनाइएको छ।
दिल्ली र उत्तरप्रदेशसहितका ‘हटस्पट’मा सील
भारतभरि मार्च २४ देखि २१ दिन लामो लकडाउन चलिरहेको छ। तै पनि संक्रमितहरुको संख्या बढिरहेको छ। रेल ,सार्वजनिक यातायात लगायतका आवतजावतमा बन्देज लगाइएको भए पनि मानिसहरु हजारौको संख्यामा हिडिरहेका छन्। सहरी क्षेत्रमा मजदूरी गर्दै आएकाहरु गाउँ फर्कने भन्दै हिडेका छन्। त्यस्तै कोरोना संक्रमित धेरै देखिएका केही क्षेत्रमा राज्य सरकारले हट स्पट निर्माण गर्दै सीलसमेत गरेको छ।
खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय ‘हटस्पट’ भनिएका स्थानहरूमा आवतजावतमा पूर्ण बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर सील गरिएको छ। दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी सील गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।
नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ ‘हटस्पट’लाई पूर्ण रूपमा ‘सील’ गरिएको छ।
हरियाणाका ९ क्षेत्रमा सील
हरियाणाको गुरुग्राम क्षेत्रको ९ इलाकामा सील गरिएको छ। गुरुग्राम प्रशासनले कोरोना भाइरस संक्रमण फैलिएका क्षेत्रलाई हटस्पट घोषणा गरेको छ ।
अर्थतन्त्रको चिन्ता
कोरोनाभाइरस संक्रमणका कारण आर्थिक गतिविधिमा बन्देज लगाइँदा विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन्। यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ।
विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालत पनि चिन्ताजनक बनेको छ। त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति गुम्न सक्ने भन्दै चेतावनी दिएका छन्।
कोरोना भाइरसका कारण करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्ने उनीहरुको चेतावनी छ। गरिब किसान तथा मजदूरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुनेछन् या त कम तलब थाप्न बाध्य हुने उनीहरुको आँकलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।