काठमाडौं- कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख कटेको छ। नेपाली समय अनुसार बिहीबार बेलुका ८ बजेर २३ मिनेटसम्म संसारभर १५ लाख २ हजार ६ सय १८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
यो अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक हो। १ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुनेको देशको संख्या ४ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। अमेरिका संक्रमित हुनेको संख्या ४ लाख ३२ हजार ५ सय ५४ पुगेको छ। स्पेनमा संक्रमितको संख्या १ लाख ५२ हजार ४ सय ४६ पुगेको छ।
इटलीमा संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ। जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना कोरोना संक्रमि भएका छन्। फ्रान्समा ८३ हजार ८० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट ८९ हजार ९ सय १५ जनाले ज्यान गुमाइसकेका छन्। ३ लाख ३९ हजार ७ सय ७५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।