काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय विकास परिषद्ले सबै प्रदेशलाई कोरोना रोकथामका लागि सहयोग गर्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
निर्माण व्यवसाय विकास परिषद्अन्तर्गतको निर्माण व्यवसाय विकास कोषबाट प्रत्येक प्रदेशलाई १३ लाख रूपैयाँका दरले दिने निर्णय भएको हो। सो रकम प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा उपलब्ध गराइनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।