धनगढी- सुदुरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले सो प्रदेशमा कार्यरत सबै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप १५ लाख र सञ्चारकर्मीलाई १५ लाखको बिमा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अतिविपन्न‚ असहाय र ज्यालादारी मजुदुरका परिवारलाई जनही ३ हजार रूपैयाँ दिने र प्रत्येक जिल्लाका अस्पताललाई २० वटा भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेको हो।
निर्णयहरु :
१. अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारका लागि ३०००/ का दरले १६ करोड स्थानीय तह मार्फत राहत सहयोग गर्ने!
२. यस प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई थप १५ लाख र सञ्चारकर्मीलाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा विकास समिति मातहतका स्वास्थ्यकर्मीका लागि पनि प्रोत्साहन भत्ता को व्यवस्था गरिने!
३. सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने !
४. सबै जिल्ला प्रशासन कार्यालयलाई ५ /५ लाखका दरले र नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरिका लागि १५/१५ लाखका दरले व्यवस्थापनको लागि रकम उपलब्ध गराउने !
५. कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित !
६. प्रदेशमा फाल्गुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।