डडेल्धुरा- जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका १०७ जनाको थ्रोट स्वाब नमूना संकलन कार्य सुरु भएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् स्वाब संकलन गरिने उपकरण भिटिएम ल्याइएपछि थ्रोट स्वाब संकलन सुरु भएको हो।
डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र साँदनी गरी तीन स्थानबाट कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।
सात स्थानीय तह रहेको डडेल्धुरामा सबैभन्दा बढी परशुराम नगरपालिकामा ६४ जना क्वारेन्टाइनमा बसेका छन्। क्वारेन्टाइनमा मात्र बसेकाको नमूना संकलन नभएर अन्यको पनि आवश्यक परे संकलन गर्न सकिने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। करिव १९० जनाको डडेल्धुराबाट स्वाब संकलन गर्ने लक्ष्य रहेकाे जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।