एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्। कोरोना भाइरसको उपचारका लागि प्रयोग गर्न मलेरियाको खोप पाउने भएपछि उनले मोदीको प्रशंसा गरेका हुन्।
ट्रम्पले मुस्किल समयमा मित्रका बीचमा साझेदारी जरुरी रहेको भन्दै मोदीको प्रशंसा गरेका हुन् ।
भारत सरकार र भारतीय जनतालाई हाइड्रोक्लोरिक्वनमाथि लिएको निर्णयका लागि उनले धन्यवादसमेत दिए। ट्रम्पले यो अवस्थामा भारतीय सहयोग सधै सम्झनामा रहने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो नेतृत्वका लागि धन्यवाद भन्दै ट्रम्पले यो लडाइँमा भारतले मद्दतमात्र नगरी मानवताको पनि सहयोग गरेको टिप्पणी गरेका छन्।
यसअघि ट्रम्पले नै मलेरियाको औषधि नदिए कारबाही गर्ने धम्की दिएका थिए। भारतले कोरोना भाइरसको संक्रमण फैलिएसँगै मलेरियालगायतका केही औषधि निर्यातमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयले प्रत्यक्ष असर पर्ने भएपछि उनले धम्की दिएका थिए। मलेरियाको औषधि भारतमा ठुलो मात्रामा उत्पादन र खपत दुवै हुने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।