काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले इच्छुक नेपालीलाई स्वदेश फर्कनका लागि बन्दोबस्त गर्न दूतावासलाई अपिल गरेको छ।
संघका महासचिव नरेश सेनले विज्ञप्ति जारी गरी कोभिड– १९ का कारण संकट बढ्दै गएपछि अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउनका लागि दूतावासको ध्यानाकषर्ण गराएका हुन्। कोभिड १९ का कारण धेरै नेपालीले आफ्नो काम गुमाउनु परेको, भिजिटमा हुने नेपालीहरुलाई खान, बस्न समस्या परेको, हाल काम गरिरहेका कम्पनीमा घट्दो तलबमा काम गर्नु परेको, भिसा क्यान्सिल भएर घर जान नपाएर अलपत्र नेपालीको अबस्थाबारे विज्ञप्तिमा अवगत गराइएको छ।
आवश्यक परेको खण्डमा नेपाल जान चाहने नेपालीको डाटा संकलनलगायत आवश्यक सरसहयोग गर्न आफूहरु तयार भएको नरेश सेनले बताए। ‘सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ,’ सेनले भने।
हाल युएईमा बिभिन्न, पेशा, व्यवसायमा संलग्न नेपालीको ठूलो संख्या छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।