• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सम्पादकीय : कोरोना मेडिकल सामग्रीको खुद्रा मूल्य तोक

64x64
नेपाल लाइभ बिहीबार, चैत २७, २०७६  १२:३२
1140x725

दुई दिनअघि प्रतिष्ठित व्यवसायी सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परे। उनलाई कोरोना सुरक्षा सामग्री लागत मूल्यभन्दा धेरै गुणा महँगोमा बेचेको सूचनाका आधारमा नेपाल प्रहरीले निगरानी गरिरहेको थियो। ज्वरो नाप्ने यन्त्र (थर्मल गन) उनले नेपाली बजारमा १५ हजार रुपैयाँमा बेचिरहेको अवस्थामै प्रहरीले पक्राउ गरेको हो। जबकी उनले चीनमा नेपाली रुपैयाँ २४ सय ५० मा किनेको देखिन्छ। 

कोभिड-१९ (कोरोना भाइरस)ले विश्वका ठूला देशहरु आक्रान्त छन्। छिमेकी देश चीन तंग्रिदै छ। विश्वलाई आवश्यक कोरोना सुरक्षा सामग्री उत्पादन पनि गरिरहेको छ। यसैगरी भारतले पनि कोरोना सुरक्षा सामग्रीको उत्पादन बढाइरहेको छ। नेपाली व्यवसायीले छिमेकी देशबाट कोरोना सुरक्षा सामग्री आयात गरिरहेका छन्। विश्वका अन्य देश जसरी नेपाल कोरोना भाइरसको चपेटामा परिनसकेका कारण हाहाकार नै मच्चिसकेको छैन। त्यसैले कोरोना सुरक्षा सामग्रीको अभाव व्यहोर्नुपरेको छैन। तर, सरकारी मात्रै होइन, निजी स्वास्थ्य संस्था र स्वयं व्यक्तिले पनि त्यस्तो अवस्था आइपर्दा कसरी सामना गर्ने भन्ने तयारी गरिरहेका छन्। सुरक्षा सामग्री आवश्यक परिरहेको छ।

यतिबेला नेपाली बजारमा हरेक परिवारका लागि चाहिने मास्क र थर्मल गर्न मात्रै होइन, कोरोना विरुद्ध लड्न चाहिने अन्य औषधि उपकरणको समेत कालाबजारी भइरहेको छ। ठूलो मात्रामा त्यस्ता सामग्री ल्याएर कालाबजारी गर्ने उदाहरणका रुपमा अहिले अग्रवाल प्रहरी हिरासतमा छन्।
   
सरकारलाई सकस परे पनि कोरोना भाइरसको संक्रमणसँग लड्न चाहिने मेडिकल सामग्री नेपाली व्यवसायीसँग छ। केहीले आगामी साता नै नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेर ल्याउने तयारी गरेका छन्। यसकारण नेपाली बजारमा मेडिकल सामग्रीको अभावभन्दा पनि कालाबजारी हुने जोखिम बढ्दो छ।

विश्व बजारले नै अभाव खेपिरहेको अवस्थामा दुःखले जोहो गरेको सामग्रीमा निश्चित लाभ हासिल गर्नु व्यावसायिक धर्म पनि हो। खरिद गरिएको वस्तुमा २० प्रतिशतसम्म लाभ लिन सक्ने व्यवस्था कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा छ। सरकारले केही समयअघि ओम्नी ग्रुपसँग मेडिकल सामग्री किन्दा महँगो मूल्य चुकाएको छ। सँगै त्यसको बचाउ गर्दै वर्तमान परिस्थितिमा केही प्रतिशत महँगोमा बेच्न सक्ने संकेत गरेको छ। सरकारको यही बचाउलाई मध्यनजर गरेर मेडिकल सामग्रीमा कालाबजारिया जागेका हुन्। कहिल्यै मेडिकल सामग्रीको कारोबार नगरेका शंकर ग्रुप जस्ता व्यावसायिक समूहसमेत सेटिङमा जहाज नै चार्टर गरेर सामग्री ल्याउन उद्दत भएका छन्।

सरकारले किन्दा अनुकूलका व्यवसायीसँग महँगोमा किन्यो। तर अरु व्यवसायीले निजी क्षेत्रलाई बेच्दा त्यो मूल्यमा बेच्न पाउने कि नपाउने? अहिले व्यवसायीहरुले गरिरहेको प्रश्न हो यो। उनीहरु यही कारणले अन्योलमा देखिन्छन्। सरकारले किनेकै मूल्यमा बेच्दा पनि कालाबजारीको आरोपमा पक्राउ पर्ने सम्भावना छ। यो अन्योलले व्यवसायीहरु विदेशी बजारमा संकलित कोरोना सुरक्षा सामग्री समेत नेपाल ल्याउन हिचकिचाइरहेका छन्। यहीँ रहेको सामग्री समेत बेच्न खोजिरहेका छैनन्। जसको प्रत्यक्ष असर उपभोक्ता र अस्पतालले खेपिरहेका छन्। सामान्य रुघाखोकी लाग्दासमेत निजी अस्पतालले उपचार गर्न नमान्ने वर्तमान अवस्था यसैको पार्श्व असर हो।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तो अवस्थामा सरकारको अग्रसरता जरुरी हुन्छ। मेडिकल सामग्री जस्तो संवेदनशील क्षेत्रमा कालाबजारी गर्नेहरुलाई कारबाही दायरामा ल्याउने सरकारको वर्तमान प्रयास प्रशंसनीय छ। संकटको समयमा मानवीय धर्मसमेत भुल्ने कालाबजारियालाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। तर, सरकार यसरी मात्रै उम्किन पाउँदैन। ऊसँग देशका नागरिक मात्रै होइन, देशका लागि आवश्यक वस्तु उत्पादन र आयात गरिरहेका व्यवसायीलाई जोगाउने दायित्व हुन्छ। बजारमा वस्तुको अभाव हुन नदिन उनीहरुलाई सक्रिय गराउनैपर्छ। जसले व्यवसायिक धर्मभित्रै रहेर कारोबार गर्न चाहन्छन्, उनीहरुका लागि सहजीकरण गरिदिनुर्छ। उपभोक्ता वा क्रेतालाई यसबाट राहत नै मिल्छ।

वर्तमान जटिलतालाई सहजीकरण गर्न सरकारसँग एउटा उपाय छ, त्यो हो अधिकतम खुद्रा मूल्य (एमआरीपी) तोक्ने। वर्तमान विश्व बजारको अवस्थालाई मध्यनजर गरेर व्यवसायी र सरकारको आपसी समझदारीमा एमआरपी तोक्न सकियो भने कोरोना उपचार सामग्रीको कालोबजारी हुनबाट मात्रै रोकिँदैन, बजारमा देखिएको अभाव समेत हल हुन सक्ने देखिन्छ। विश्व बजारमा कुन वस्तुको मूल्य कति पर्छ अहिले सहजै थाहा हुन्छ। अर्कोतर्फ व्यवसायीले वस्तु खरिदका लागि सटही गरेको विदेशी मुद्रा र भन्सारमा घोषणा गर्ने मूल्यको आधारमा पनि अधिकतम बिक्री मूल्य निर्धारण गर्न सकिन्छ। यसका लागि सरकारले ढुवानी, बीमा र निश्चित नाफा राख्ने छुट दिन सक्छ।

मेडिकल सामग्री अत्यावश्यक वस्तु भएकाले खरिदकर्ताले त्यसको लागतभन्दा पनि तत्कालीन प्रयोग गर्ने भएकाले बजार मूल्यमा मनोमानी हुने गरेको छ। यसबाट राज्यले राजस्व पनि गुमाइरहेको छ। राज्यले मूल्य निर्धारण गर्ने हो भने कालाबजारी र राजस्व चुहावट दुवैको जोखिम कम हुन्छ।

कोरोना सुरक्षा सामग्री मानव जीवनसँग सिधा जोडिने विषय हुन्, एमआरपी तोक्नुअघि पनि केही शर्तहरु छन्। अर्थात् मूल्य तोकेर मात्रै पुग्दैन, सामग्रीको गुणस्तर समेत निर्धारण हुनुपर्छ। सामग्रीको मूल्य तोक्दै गर्दा उक्त सामग्री गुणस्तर जाँचलाई ध्यान दिइनुपर्छ।
 
कुनै पनि सामग्री नेपाल भित्रिनुअघि त्यसको गुणस्तर जाँचिएको प्रमाण पेश गर्नुपर्ने बाध्यकारी नियम समेत लगाइनुपर्छ। यसो गरेमा मात्रै व्यवसायी र उपभोक्ता दुवैका लागि लाभदायी हुन्छ। यतिबेला संक्रमण फैलिइनसकेकाले सरकारले चाह्यो भने अरु धेरै कुरा गर्न सक्छ, जसले मेडिकल सामग्री अभाव पनि नहुने र उपभोक्ताले महँगो मूल्य चुकाउनु समेत नपर्ने हुन्छ। संक्रमण फैलिएको अवस्थामा सरकार आफैं संकटमा हुने भएकाले अत्यावश्यक सामग्रीको मूल्य व्यवसायीको मर्जीअनुसार निर्धारण हुनेछ। संकट उत्पन्न हुनुअगावै यसतर्फ राज्यको ध्यान जानुपर्छ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १२:३२
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
नेपाल र होबार्ट हुरिकेन्स भिड्दै
घाम नउदाउँदै सिभिल अस्पतालमा लाग्छ टिकट लिनेको लाइन (तस्बिरहरू)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, भदौ ८, २०८३
नेपाल र होबार्ट हुरिकेन्स भिड्दै सोमबार, भदौ ८, २०८३
घाम नउदाउँदै सिभिल अस्पतालमा लाग्छ टिकट लिनेको लाइन (तस्बिरहरू) सोमबार, भदौ ८, २०८३
गिनीमा ल्यान्डफिल भासिँदा कम्तीमा ३० जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
२४ घण्टामा ७६९ चालक कारबाहीमा सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्