काठमाडौं- गिरिजाप्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले अस्ट्रेलियामा रहेका नेपालीहरुको वस्तुस्थिति बुझी सहयोग गर्न अस्ट्रेलियास्थित फाउण्डेसनको शाखालाई निर्देशन दिएकी छिन्।
अस्ट्रेलिया सरकारले कडाई गरेपछि हजारौं नेपाली विद्यार्थीको बिचल्ली भइरहेको खबर आइरहेको बेला पूर्व परराष्ट् मन्त्री समेत रहेकी कोइरालाले यस्तो निर्देशन दिएकी हुन्।
फाउण्डेसनको सचिवालयले आज एक प्रेस नोट जारी गरी कोइरालाले जिपी फाउण्डेसन अस्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीहरुलाई फाउण्डेसनका तर्फबाट सक्दो सहयोग गर्न भनिएको जानकारी दिइएको छ।
‘कोरोना फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या पर्यो भने जिपी कोइराला फाउण्डेसनको तर्फबाट सहयोग गर्नुहोला’, अध्यक्ष कोइरलाले भनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।