एजेन्सी–युरोप र अमेरिकालाई नराम्ररी प्रभावित गरेको कोरोना महामारीबाट दक्षिण एसियाली मुलुक पनि प्रभावित हुन थालेका छन्। सबैभन्दा बढी प्रभावित भारतमा ६ हजार हाराहारीमा संक्रमित भएका छ्न् भने १ सय ८० जनाको मृत्यु भइसकेको छ।
कोभिड१९इण्डिया डट ओआरजीका अनुसार सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ११३६ जना संक्रमित भएका छन् । त्यहाँ ७२ जनाको मृत्यु भएको छ। यस्तै, तमिलनाडुमा ७३८, दिल्लीमा ६६९, तेलांगानामा ४५३, राजस्थानमा ३८३, उत्तरप्रदेशमा ३६१, केरलामा ३४५ जनामा संक्रमण देखिइसकेको । भारतमा ३२ वटै राज्य र केन्द्रशासित प्रदेश तथा राज्यमा संक्रमण फैलिइसकेको छ।
सार्क मुलुकमा तेहेरो अंकमा संक्रमित देखा पर्न थालेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। सार्कमा मात्र ११ हजार ४४ जना संक्रमित रहेका छन् भने झन्डै साढे चार सयले ज्यान गुमाइसकेका छन्।
भारतपछि बढी प्रभावित पाकिस्तानमा ४ हजार २ सय ६३ संक्रमित देखिएका छन् भने ६३ जनाको मृत्यु भएको छ। यस्तै, बंगलादेशमा २१८ संक्रमित र २० को मृत्यु, अफगानिस्तानमा ४ सय ४४ को संक्रमण र १४ को मृत्यु, श्रीलंकामा १ सय ८९ को मृत्यु र ७ को मृत्यु भएको छ भने भुटानमा ५ संक्रमित देखिएका छन्। नेपालमा भने ९ संक्रमित देखिएकोमा १ जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।