एजेन्सी–कोरोना संक्रमणपछि आइसीयुमा राखिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था सुधारोन्मुख रहेको छ। घरमै आइसोलेसनमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि जोन्सनलाई आइतबार लण्डनको सेन्ट थोमस अस्पताल भर्ना गरिएको थियो। त्यसपछि सोमबार आइसीयुमा लगिएको थियो।
डाउनिङ स्ट्रीटमा आयोजित दैनिक प्रेस ब्रिफिङमा चान्सलर रिसि सुनले प्रधानमन्त्रीले सेन्ट थोमस र एनएचएस टीमबाट राम्रो उपचार पाइरहेको बताए।
उनले मन्त्रिपरिषद्को बिहीबार बस्ने ‘कोब्रा’ बैठकले लकडाउनका विषयमा आवश्यक निर्णय लिनसक्ने बताए।
बेलायतमा २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९३८ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।