काठमाडौं- अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ५२ पुगेको छ। त्यहाँ १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै, २२ हजारभन्दा बढी उपचारपछि निको भइसकेका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अन्य चार देशमा पनि कोरोना संक्रमितको संख्या लाखको संख्याबाट उकालो लागेको छ।
स्पेनमा १ लाख ४८ हजार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ १४ हजार ७ सय ९२ जनाले संक्रमणबाट ज्यान गुमाइसेका छन्। त्यहाँ ४८ हजार २१ जना निको भइसकेका छन्।
त्यस्तै, इटालीमा १ लाख ३९ हजार ४ सय २२ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या भने इटालीमा सर्वाधिक छ। त्यहाँ १७ हजार ६ सय ६९ ले ज्यान गुमाइसकेका छन्। २६ हजार ४ सय ९१ जना उपचारपछि निको भइसकेका छन्
फ्रान्समा पनि कोरोना संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमित भइसकेका छन्। त्यहाँ १० हजार ८ सय ६९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। त्यस्तै २१ हजार उपचारपछि निको भएका छन्।
अर्को देश जर्मनीमा पनि संक्रमितको संख्या लाख नाघेको छ। त्यहाँ १ लाख १३ हजार २ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, २ लाख ३ सय ४९ जनाले ज्यान गुमाइसकेका छन्। ४६ हजार ३ सय निको भएका छन्।
विश्वभर ८८ हजारले ज्यान गुमाए
विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बिहीबार बिहानसम्मको तथ्यांक अनुसार १५ लाख ११ हजार १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ३ लाख २८ हजार ६ सय ६१ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।