नयाँदिल्ली- कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतको नयाँदिल्ली र उत्तर प्रदेश सरकारले हटस्पट सिल गर्ने निर्णय गरेको छ। नयाँदिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीका २० क्षेत्र सिल गर्ने निर्णय राज्य सरकारले गरेको बताएका छन्।
सिल गरिएका क्षेत्रमा सरकारले नै जनताका लागि अत्यावश्यक सामग्री उपलब्ध गराउनेछ।
यस्तै उत्तर प्रदेश सरकारले पनि १५ जिल्लामा कोरोनाको हटस्पट रहेको भन्दै सिल गर्ने निर्णय गरेको हो।
उत्तरप्रदेशको गाजियावादका १३, नोएडाका १२, कानपुरका १२ र वारणासीको ४ क्षेत्र हटस्पट रहेको बताइएको छ।
सबैभन्दा धेरै आग्राका २२ क्षेत्रलाई हटस्पट चित्रित गरिएको छ। शामलीमा ३, मेरठमा ७, बरेलीमा १ बुलन्दशहरमा ३, बस्तीमा ३ , फिरोजाबादमा ३, सहारनपुरमा ४, महाराजगंजमा ४, सितपुरमा १ र लखनउमा ८ क्षेत्र हटस्पटका रुपमा चित्रित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।