काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्ने नेपालले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)मा फसेका ९० नागरिक बुधबार स्वेद फर्किएका छन्। कतार एयरलान्सको चौथो र अन्तिम चार्टड उडानमार्फत उनीहरु काठमाडौंबाट म्युनिख प्रस्थान गरेका हुन्। उक्त उडान मार्फत ५० जर्मन नागरिक, १८ युक्रेन, २५ युरोपेली देशका गरि २ सय ९० जनाले नेपाल छाडेको नेपालस्थित जर्मन दूतावासको भनाइ छ।
योसँग गत मार्च २७ देखि अहिलेसम्म करिब ८ सय जर्मन नागरिक स्वदेश प्रस्थान गरेका छन्। आफ्ना नागरिक स्वदेश फर्काउन पाएकोमा नेपालका लागि जर्मन राजदूत रोल्यान्ड शेफरले खुसी व्यक्त गरेका छन्।
‘म र मेरा सहकर्मीहरु सुरक्षति घर पुगेकाहरुका तर्फबाट धन्यवाद प्रकट गर्न पाउँदा द्रविभूत भएका छौं,’ राजदूत शेफरले भनेका छन्, ‘तिनीहरु युक्रेन र इजरायलसहित जर्मन तथा युरोपीले नागरिक थिए।’
गत तीन महिनामा हजार भन्दा बढी जर्मन नागरिक नेपाल घुम्न आएका थिए। उनीहरुले आफूहरुलाई नेपाल मन परेको बताएका छन्। जर्मन दूतावासले बन्दाबन्दीमा फसेका आफ्ना नागरिकलाई सहयोग गर्ने होटेल संचालक, चालक र पदप्रदर्शकलाई समेत धन्यवाद दिएको छ।
‘म मेरा साथीहरुप्रति आभारी छु, जसले हाम्रा नागरिकलाई निरास बनाएनन्,’ राजदूतले भनेका छन्, ‘हामीले परराष्ट्र मन्त्री र उहाँका सहकर्मीबाट ठूलो साथ र सहयोग पायौं।’ त्यस्तै उनले पर्यटन मन्त्रालय, नेपाल उड्यन प्राधिकरण र नेपाल प्रहरीलाई समेत धन्यवाद दिएका छन्। आफ्नो साथ धसै नेपाललाई हुने राजदूत शेफरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।