रियाद- साउदी अरबमा कोरोना संक्रमित ४ जना नेपालीमध्ये ३ जना निको भएका छन्।
साउदीस्थित नेपाली दूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गरी ४ जना संक्रमित मध्ये ३ जना निको भएको जानकारी दिएको हो।
एक जनाको उपचार भइरहेको दूतावासले जनाएको छ।
साउदीमा निको भएका र उपचार गराइरहेका नेपालीहरूको परिचय भने गोप्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।