काठमाडौ- नेपाल कम्युनिस्ट पार्टीका सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका स्थानीयतहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। साहले आफ्नो क्षेत्रका ६ स्थानीयतहमध्ये चार स्थानीयतहमा मेडिकल सामाग्री उपलब्ध गराएका हुन्।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीयतहलाई स्वास्थ्य सामाग्री आफ्नो व्यक्तिगत खर्चमा समाग्री उपलब्ध गराएका हुन्। साहले आफ्नो क्षेत्रका ६ स्थानीयतहमध्ये ४ वटामा एक हजार थान सर्जिकल मास्क, ५० थान मास्क, एक सय सर्जिकल पन्जा, २ सेट पिपिई र ५/५ लिटरको एउटा र आधा लिटरको ५ वटा स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्।
साहले आफ्नो निर्वाचन क्षेत्रको फतुवाविजयपुर, गुजरा, देवाहीगोनाही, गरुडा नगरपालिकालाई सामाग्रीहरु बुझिसकेको छ। मौलापुर नगरपालिका र कटहरीया नगरपालिकालाई बिहीबार उपलब्ध गराउने साहले बताए।
जिल्लामा मेडिकल सामाग्री बजारमा अभाव भएपछि साहको पहलमा काठमाडौंबाट उपलब्ध गराएको हो। कोरोना नियन्त्रणमा सबै मिलेर हातेमालो गरेर मात्रै नियन्त्रण गर्न सकिने साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।