काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। संघको मंगलबार बसेको बैठकले राहत कोषमा सबै सञ्चालकहरुको सहयोगमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका प्रवक्ता योगेन्द्रराज कँडेलले जनाकारी दिए।
त्यसैगरी संघले हेलिकोप्टरको हकमा ग्राउन्डेड भएका हेलिकोप्टरको नोक्सानीलाई कभर गर्ने गरी बीमा कम्पनीसँग दाबी गर्ने र यसका लागि अर्थ मन्त्रालयल र बीमा समितिलाई अुनरोध गर्दै सहयोगका लागि पत्रचार गर्ने निर्णय भएको उनले जानकारी दिए।
यसैगरी खर्च कम गर्ने लक्ष्यसहित हेलिकोप्टर उडानको पाइलटको तलब ७५ हजारदेखि १ लाख २५ हजार, इन्जिनियरको तलब ३५ हजारदेखि ७५ हजार, कि पोष्ट प्रर्सनको तलब २५ हजारदेखि ५० हजार र जुनियर स्टाफको तलब १३ हजार ४ सय ५० भन्दा कम गर्ने निर्णयसमेत भएको उनले जनाकारी दिए। अहिले नेपालमा १० वटा हेलिकोप्टर कम्पनीका झन्डै ४ दर्जन हेलिकोप्टर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।