क्वेटा- कोरोना भाइरसको महामारीमा पनि विरोध प्रदर्शनमा उत्रेको भन्दै पाकिस्तानमा ५० डाक्टरलाई सरकारले गिरफ्तार गरेको छ। पाकिस्तानको क्वेटामा उनीहरुलाई पक्राउ गरिएको हो।
डाक्टरहरु उपचारका लागि स्वास्थ्यकर्मीले पाउनुपर्ने सुरक्षा किटको माग गर्दै विरोध प्रर्दशनमा उत्रेका थिए। उनीहरुको यो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। मंगलबार उनीहरु यसको विरोधमा हड्तालमा उत्रिएका छन्। दक्षिण एसियामा भारतपछि पाकिस्तानमा धेरै कोरोना संक्रमित भेटिएका छन्।
पाकिस्तानमा ३ हजार ८ सय मानिसमा संक्रमण पुष्टि भएको छ भने ५८ जनाले ज्यान गुमाएका छन्। मंगलबार बंगलादेशमा कोरोना संक्रमितको संख्या १ सय ६० पुगेको छ। मंगलबारमात्र ४१ जना संक्रमित थपिएका छन्। श्रीलंकामा १ सय ८५ जना संक्रमित पुगेका छन् भने नेपालमा ९ जनामा संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।