नवलपरासी- राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम)ले काेराेना भाइरस (काेभिड- १९)का कारण मजदुर र विपन्न वर्ग प्रभावित भएकाे भन्दै उनीहरुकाे उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेकाे छ।
जनमाेर्चाका जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै तीनै तहका सरकारसँग यस्ताे माग गरेका हुन्। 'दैनिक ज्याला मजदुरी गरी जीविकाेपार्जन गर्ने विपन्न वर्गका जनताको दैनिक आवश्यकताको उचित व्यवस्थापन गर्न हामी तीनै तहका सरकारसँग जाेडदार माग गर्दछाैं। साथै विषेशरुपमा स्थानीय तहलाई बढी जिम्मेवार बन्न अनुरोध गर्दछाैं,' विज्ञप्तिमा भनिएकाे छ।
साथै काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन सरकारले गरेकाे लकडाउन पूर्णपालना गर्न पनि जनमाेर्चाले आम नागरिकलाई आग्रह गरेकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।