एजेन्सी–भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या ५ हजार ३ सय ६० पुगेको हो। भारतमा मृत्यु हुनेको संख्या १ सय ६५ पुगेको छ। मंगलबार भारतभर ५७३ संक्रमित बढेका छन्।
वेबसाइट कोभिड१९इण्डिया डट ओआरजीका अनुसार सबैभन्दा बढी महाराष्ट्रमा १५० बिरामी बढेका छन् भने तमिलनाडुमा ६९, दिल्लीमा ५१, तेलांगनामा ४०, राजस्थानमा ४२ र मध्यप्रदेशमा ३४ रिपोर्ट पोजेटिभ आएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित १०१८ भएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार भने मंगलबारसम्म भारतभर कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ८९ पुगेको छ । जसमा ४ हजार ३ सय १२ को उपचार भइरहेको छ भने ३५२ निको भएका छन्। यसमध्ये १२४ जनाको मृत्यु भएको छ।
भारतभर २७ राज्य र ५ केन्द्रशासित प्रदेशमा कोरोना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।