इटहरी- राहत, स्वास्थ्य सामग्री तथा क्वारेन्टाइन व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले ५४ लाख ४८ हजार ५ सय २० रुपैयाँ खर्च गर्ने भएकोछ। काेराेना भाइरस (कोभीड- १९)काे संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री वितरण गर्ने र संक्रमितको लागि क्वारेन्टाइन बनाउने काममा लागेकाे नगरपालिकाले जनाएकाे छ।
नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, नगर प्रहरीलाई स्वास्थ्य सामग्री वितरणमा खटाइएको मेयर चिन्तन तामाङले बताए। एन-९५ मास्क, स्यानिटाइजर, साबुनलगायतका अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण सुरु गरिसकिएको तामाङले जानकारी दिए।
उनका अनुसार धनकुटा नगरपालिका ६, औद्योगिक ग्राममा क्वारेन्टाइन सेन्टर निमार्ण गरीसकिएको छ। श्वस्थ्य सामग्री किन्न. ५ लाख र क्वारेन्टाइन व्यवस्थापनमा १० लाख बजेट छुट्याइएको हो।
त्यस्तै लकडाउनबाट प्रभावित परिवारलाई नगरपालिकाले राहत वितरणको सुरु गरेको छ। राहतको लागि ३९ लाख ४८ हजार ५ सय २० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।