काठमाडौं- विश्वभरमा कोरोना संक्रमण भएका तीन लाखभन्दा बढी बिरामी निको भएका छन्। जोन होप्किन्स विश्वविद्यालले अद्यावधिक गरेको बुधबार बिहान साढे ११ बजेसम्म (नेपाली समय अनुसार) को तथ्यांकअनुसार ३ लाख १ हजार ४ सय १७ जना कोरोना संक्रमित निको भएका छन्।
निको हुनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन्। चीनमा मात्रै ७७ हजार ५ सय २५ जना निको भएका छन्। त्यस्तै, स्पेनमा ४८ हजार २ सय ८ जना निको भएका छन्। यसैगरी जर्मनीमा ३४ हजार ८१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने इरानका २७ हजार भन्दा बढी संक्रमितमा गरिएको उपचार सफल भएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसको क्षति भएको इटलीमा भने २४ हजार २ सय ९२ जना निको भइसकेका छन्। अमेरिकामा २२ हजार ४ सय ६१ जना निको भएका छन्।
हालसम्म १४ लाख ३१ हजार ३ सय ७५ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।