• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रधानमन्त्रीलाई गगनको प्रश्न- नागरिकले गरेको चिन्ता र आक्रोश आधारहीन र प्रायोजित मात्रै हुन्?

64x64
नेपाल लाइभ बुधबार, चैत २६, २०७६  ११:४२
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारको सम्बोधनको प्रतिवाद गर्दै थप जिज्ञासा राखेका छन्। प्रधानमन्त्रीसँग जिज्ञासा राख्ने अन्य विकल्प नभएकाले सामाजिक सञ्जाललाई उपयोग गरेको थापाको भनाई छ।

प्रधानमन्त्रीले देशवासीलाई गरेको सम्बोधनकै आधारमा रहेर कांग्रेस नेता थापाले ११ प्रश्न उठाएका छन्। र्‍यापिड टेस्टको गुणस्तर र तयारीका बारेमा विज्ञको चिन्ता प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। कन्ट्याक्ट ट्रेसिङको लागि प्रणाली, तथ्यांक र संयन्त्रको अवस्था बारे जिज्ञासा राखेका छन्।

देशभर ३० हजार क्वारेन्टिन बनेको र नौ हजार मात्रै प्रयोगमा आएको प्रधानमन्त्रीको ओलीको सम्बोधनकै आधारमा सीमापारीबाट आएकालाई क्वारेन्टिनमा राख्न सकिने विकल्प देखाएका छन्। सीमामा अड्किएका तीन हजार नागरिकलाई सुरक्षा र क्वारेन्टिनमा राख्ने व्यवस्था किन नगर्ने भन्दै प्रश्न उठाएका छन्।

सातै प्रदेशमा आवश्यकीय सुरक्षा सामग्री पठाएको अभिव्यक्ति दिएपनि अग्रभागमा रहेर कार्य गर्ने सुरक्षाकर्मीको जोखिम उत्तिकै रहेको थापाले ध्यानाकर्षण गराए। जनशक्ति,उपकरण,औषधी र पूर्वाधारको कहाँ के प्रवन्ध गरिएको उनले पुनः प्रधानमन्त्रीसँग जिज्ञासा राखेका छन्।

प्रधानमन्त्रीले कृषि कार्यलाई निरन्तरता दिने भनी दिइएको उपाय, तरिका र अवलम्बन गरिने विधि स्पष्ट नभएको जनाए।

स्वास्थ्य सामग्री खरिदमा सेनालाई अघि सारिएकोमा नागरिकले गरेको चिन्ता र आक्रोशलाई आधारहीन र प्रायोजित मात्रै हुन्? भन्दै प्रश्न राखेका छन्। 

राज्यसँग जवाफदेहिताको अपेक्षा राख्ने नागरिकलाई जीवन र वैयक्तिक स्वततन्त्रताबीच एक रोज्ने गरेको प्रधानमन्त्रीको आग्रहप्रति आपत्ति जनाए। प्रधानमन्त्रीलाई थापाको प्रतिप्रश्न छ- ‘के वैयक्तिक स्वतन्त्रता बिनाको जीवन कल्पना गर्न सकिएला?’

थापाले प्रधानमन्त्रीलाइ लेखेको पत्र

nimb
nimb

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सांसदको प्रश्न

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रतिकूल स्वास्थ्यका बावजुद यो संकटको घडीमा देश विदेशमा छरिएर, सीमामा अड्किएर कष्टकर जीवन बाँचिरहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई ढिलै भए पनि ढाढस दिलाउने तपाईँको आत्मविश्वास प्रशंसनीय छ । तपाईँको सम्बोधन संसदको रोष्टमबाट हुन सकेको भए शायद मैले पनि त्यहीँबाट थप केही कुराहरु स्पष्ट पारिदिन आग्रह गर्ने थिएँ । तर, अहिले संसद नचलिरहेकोले तपाईँले बालुवाटारबाट संचार माध्यममार्फत बोल्नुभयो ।  मसँग पनि यो सम्वादका लागि सामाजिक सञ्जाल बाहेक अन्य माध्यम रहेन। सम्बोधनले केही जिज्ञासा उत्पन्न भएका छन्, जसलाई म संसदकै प्रश्नोत्तर शैलिमा राख्ने प्रयास गर्नेछु:

१. प्रधानमन्त्रीज्यूले "सातै प्रदेशका १० परीक्षण केन्द्रमा PCR प्रविधिबाट र संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा द्रुत परीक्षण (RDT) को माध्यामबाट हजारौंको परीक्षणको तयारी भइरहेको" भन्नुभएको छ, जुन सराहनीय छ । तर र्‍यापिड टेस्टको गुणस्तर र तयारीका सन्दर्भमा आमतहमा मात्र होइन विज्ञहरूले समेत व्यापक चिन्ता व्यक्त गरिरहेका छन् ।
    सरकारसँग यस्तो र्‍यापिड टेष्ट गर्ने किट र उपकरणको गुणस्तरको सुनिश्चितताको आधार के हो ?
    र्‍यापिड टेष्टको प्रोटोकल तयार छ कि छैन ?
    नमुना संकलन गर्ने विधि र प्रक्रिया कस्तो हुन्छ ?
    र्‍यापिड टेष्ट कहिले देखि कहाँ-कहाँ शुरु गर्ने योजना छ ?
    परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी कस्तो छ ?

२. Contact Tracing र अभिलेख संकलनको अवस्था के  छ ? यसका लागि के-कस्तोप्रणाली बनाइएको छ ? संकलन गर्ने टिम कति छन् ? तिनलाई के-कस्तो तालिमदिइएको छ ? विभिन्न स्थानबाट संकलन गरिएको तथ्याङ्कमा एकरुपता छ कि छैन ? त्यस्तो तथ्यांक विश्लेषण तथा तथ्याङ्कको प्रयोग गर्न सक्ने संयत्रके-कस्तो छ ?

३. प्रधानमन्त्रीज्यूले "नेपाल-भारत सीमामा रहेका नेपालीलाई सिमापारी नै क्वारेन्टिनमा राखिएको" भन्नुभयो । तर अहिले पनि सीमामा अलपत्र हजारौं नेपाली भोक, त्रास र अपहेलनाले अपमानित र आक्रोशित अवस्थामा छन् । एउटै हलमा पचासौंको संख्यामा कोचिएर बस्नुलाई ‘सुरक्षित क्वारेन्टिन" ठान्न अस्वीकार गर्दै प्रत्येक दिन सयौंको संख्यामा जोखिमपूर्ण ढंगले जसरी तसरी नेपाल छिरेर दूरदराजका गाउँसम्म पुगिरहेका देशवासीका बारेमा प्रधानमन्त्रीज्यू शायद जानकार हुनुहुन्न।यसरी जोखिम उठाउने बाध्यता उनीहरूको लागि अन्याय मात्र होइन, लुकिछिपी आँउदा हाम्रो संयन्त्रले आवश्यक सूचना नै नपाउने हुँदा नेपालभित्र संक्रमणको जोखिम समेत झन बढ्दैन र ?  सीमामा रोकिएर अमानवीय परिस्थित सामना गरिरहेका वा अवैध ढङ्गले आफ्नै देश छिर्न ज्यान जोखिममा पारिरहेका नेपालीलाई सीमित नाकाखुला गरेर भित्र्याउँदै अनिवार्य क्वारेन्टिनमा बस्ने प्रबन्ध गर्ने बारे नेपाल सरकारले नसोचेको हो वा नचाहेको हो?  होइन भने तपाईँकै भनाइ अनुसार क्वारेन्टिनका लागि देशमा ३० हजार बेड उपलब्ध छ, जसमध्ये हालसम्म ९ हजारमात्र प्रयोगमा आएको छ। त्यसो हो भने सीमामा अड्किएका जम्मा तीन हजार दाजुभाइ दिदीबहिनीलाई भित्र ल्याएर क्वारेन्टिनको न्यानो र सुरक्षा किन नदिने ? अभर पर्दा हामीलाई हेर्ने सरकार छ भन्ने अनुभूति किन नदिलाउने ?

४. नेपाल-भारत सीमाबाहेक पनि हजारौंको संख्यामा नेपालीहरु भारतका विभिन्न स्थानमा अलपत्र परेर कठीन जीवन बिताउन बाध्य छन् । यसरी अलपत्र परेका अधिकांश नेपालीहरु भारतको लकडाउन सकिने बित्तिकै नेपाल छिर्ने निश्चित छ। यसरी निकट भविष्यमै ठूलो संख्यामा नेपाल भित्रिन सक्ने नागरिकहरूको व्यवस्थापनका सन्दर्भमा नेपाल सरकारको तयारी र योजना के छ?

५. सम्माननीय राष्ट्रपतिज्यू तथा प्रधानमन्त्रीज्यूले अन्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग गरेको वार्ताको कुटनैतिक महत्व अवश्य पनि छ तर उनीहरू आफैं महासंकटसँग जुधिरहेको अवस्थामा हाम्रा नागरिकको सुरक्षा तिनको प्राथमिकतामा पर्दैन । विभिन्न राष्ट्रहरुमा रहेको नेपाली दुतावासहरुले रोजगारीको सिलसिलामा सुदूर प्रवासमा रहेका लाखौं नेपालीहरुको सुरक्षार्थ के-कस्तो योजना र व्यवस्थाका साथ काम गरिरहेका छन्?

६. प्रधानमन्त्रीज्यूले "सातै प्रदेशमा उपचारमा आवश्यक पर्ने सुरक्षासामग्रीको व्यवस्था मिलाइएको" भन्नु त भयो तर अग्रभागमा रहेर जोखिममा काम गरिहेका धेरै स्वास्थ्यकर्मीले अहिले पनि न्यूनतम सुरक्षा सामाग्री नपाएका समाचारले हाम्रो मिडिया भरिएको छ । व्यक्तिगत सुरक्षा सामाग्री(PPE) उपलब्धतताको स्थिति कस्तो छ, कति जगेडा छ, कहिलेसम्म धान्छ ?  कति मात्रामा संकलन वा खरिद वा उत्पादन गर्ने योजना सरकारले गरेको छ?

७. प्रधानमन्त्रीज्यूले "भेन्टिलेटर सहित अपुग सामाग्री र उपकरणको प्रबन्ध गरिँदै छ" भन्नुभएको छ । सम्भाव्य जोखिमलाई मध्येनजर गर्दै अस्पताल केन्द्रित तयारीका लागि काठमाडौं उपत्यका र प्रदेशहरूमा जनशक्ति, उपकरण, औषधि र पूर्वाधार लगायतका सन्दर्भमा सरकारले कहाँ कहाँ के कस्तो प्रबन्ध गरिरहेको छ ? हाम्रो नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा अन्य रोगबाट पीडितहरूले उपचारबाट बञ्चित हुने अवस्था आउन नदिन सरकारको के तयारी र योजना छ ?

८. स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीहरु पनि अग्रभागमा रहनु पर्ने अवस्थाछ । सुरक्षाकर्मीहरुको जीवन र वासस्थानको सुरक्षाका सन्दर्भमा सरकारलेके-कस्तो योजना र व्यवस्था गरेको छ ?

९. सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको रअवलम्बन गरेको  भन्नुभयो ?  यो कस्तो उपाय हो र कहाँ र कसरी अवलम्बन भएको छ ?

१०. सरकार राज्यका विभिन्न संयन्त्रहरुको तर्कसंगत उपयोग गर्ने मामिलामा पनि चुकेको छ । विपदको यो अवस्थामा सैन्य संयन्त्रको विशेषज्ञता, निपुणतातथा जिम्मेवारी पनि रहेको क्षेत्रमा त्यसलाई उपयोग नै गरिएन, तर भरसक सहभागी नै गराउन नहुने खरिद प्रक्रियामा भने सेनाको सहयोग मागिएको छ। स्वास्थ्य सामाग्री खरिद प्रकरणमा देखिएको कमजोरी र अनियमिताका कारण यो संकटमा हामीले गर्नुपर्ने तयारी प्रभावित भएकोमा जनताद्वारा व्यक्त व्यापक चिन्ता र आक्रोश तपाईंका लागि आधारहीन र प्रायोजित आरोप मात्र हुन?

११. कोरोना भाइरस संक्रमणविरुद्धको यो लडाईंमा तपाईँले आम नागरिक, प्रतिपक्ष सबैको ठूलो साथ र सहयोग पाइरहनु भएको छ । तर पनि पूर्वाधार निर्माणमा भएको कमजोरीका कारण संक्रमण ढिलो सुरु भएर तयारीका लागि हामीले पाएको अमूल्य समय त्यसै खेर गएको छ । यी चुनौतीहरूको पहिचान गर्दै केही कुरामा सच्याएर अघि बढौं भन्दा ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा" भनेर आक्षेप त लगाउनु हुन्न ?

अन्त्यमा,
प्रधानमन्त्रीज्यू, देशवासीको नाममा गरिएको सम्बोधनमा झल्किएको तपाईंको आत्मविश्वासको अनुपातमा स्वयं देशवासीमा भने यथेष्ट आशा र भरोसाको सञ्चार हुन सकेन। लकडाउनको निरन्तरताका लागि जनता त तयार छन्, तर दैनिक गुजारा गर्नुपर्ने नागरिकलाई उचित राहत दिँदै मुलुकलाई चाँडोभन्दा चाँडो यो लकडाउनबाट बाहिर निकाल्ने राज्यको तयारी भने शंकास्पद देखिएको छ।

मानव जातिमाथि नै जाइलागेको यो अदृष्य शत्रुसँग लड्न सम्पूर्ण प्रतिपक्ष, नागरिक समाज, सिङ्गो देशका जनताले सरकारसँग गरिरहेको हातेमालो, अभूतपूर्व समर्थन र ऐक्यबद्धतालाई उपेक्षा गर्दै सम्बोधनमा प्रयोग भएको असहिष्णु भाषाले सरकारले सहकार्य गर्न आवश्यक नठानेको नकारात्मक संदेश गएको छ । म फेरी दोहोराउछु, संकटको यस घडीमा सरकारको नेतृत्वलाई हामीले बलियो साथ दिने हो । त्यसका लागि विश्वासको वातावरण बनाउनु पर्छ, अप्रिय प्रश्न गर्ने र सहिष्णु जवाफ पाउने स्वतन्त्रता हुनुपर्छ । तर राज्यसँग थप जवाफदेहिताको अपेक्षा राखेर बाटो देखाउनु पर्ने यस्तो बेला जीवन र वैयक्तिक स्वतन्त्रता बीच चयन गर्ने आग्रह गरेर तपाईँले अवाक् बनाइदिनुभयो । के सोचेर "जीवन वा वैयक्तिक स्वतन्त्रता" मध्ये एक रोज्न आग्रह गर्नु भएको हो ? के वैयक्तिक स्वतन्त्रता बिनाको जीवनको कल्पना गर्न सकिएला ? अनि के वैयक्तिक स्वतन्त्रता निलम्बित हुँदा जीवन बचाउने लडाइँ लड्न सजिलो हुने हो ?  तपाईंले यसको पनि सन्दर्भ स्पष्ट पार्नु नै हुनेछ भन्ने अपेक्षा सहित,

- गगन कुमार थापा,  प्रतिनिधिसभा सदस्य
मिति २०७६ चैत्र २६

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ११:४२
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो,उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण
चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित रहनुस् : रसुवा सीडीओ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो,उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण शुक्रबार, भदौ १२, २०८३
चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित रहनुस् : रसुवा सीडीओ शुक्रबार, भदौ १२, २०८३
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आकस्मिक सहायता कक्ष सञ्चालन शुक्रबार, भदौ १२, २०८३
कृत्रिम ताल फुट्ने जोखिमपछि तिब्बतमा उद्धार रोकियो, ५५० बढी बेपत्ता शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सर्वदलीय बैठकको १० बुँदे अपिल, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन (पूर्णपाठ) बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्