• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सैनिक सहचारीमार्फत् ५ देशमा स्वास्थ्य सामग्री खोज्दै सेना

64x64
नेपाल लाइभ बुधबार, चैत २६, २०७६  ११:३९
1140x725

काठमाडौं–कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले त्यसको प्रक्रिया सुरु गरेको छ । 

औषधि खरिदका लागि विभिन्न ५ देशको पहिचान गरि परराष्ट्रमार्फत् पत्राचार गरिसकिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डले जानकारी दिए । 


‘आवश्यक सामग्रीको सूची बनाएर हामीले रक्षा मन्त्रालयको स्वीकृति लिएर ५ मित्रराष्ट्रहरु चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायलमा पत्राचार गरिदिनु भनेर हामीले परराष्ट्र मन्त्रालयमा लेखिसकेका छौं,’ प्रवक्ता पाण्डेले भने ।

आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सेनाले सैनिक सहचारीको सहयोग लिने भएको छ ।  उनले भने, ‘हामीले छुट्टै पनि सम्बन्धित देशका राजदूत र सैनिक सहचारीसँग भेटघाट गरेर यो कुरा राखिसकेका छौं। हाम्रो दूतावासमा रहेका सैनिक सहचारीहरुले पनि आफ्ना समकक्षीहरुसँग कुरा गरिरहनु भएको छ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले औषधि खरिदमा मन्त्रालयको भूमिका समन्वयकारी मात्रै हुने बताए । ‘रक्षाबाट आएको पत्र हामीले पठाउन ढिला गर्ने भन्ने हुँदैन,’ उनले भने, ‘पत्र आउनेबित्तिकै हामीले सम्बन्धित देशमा रहेका नेपाली दूतावासलाई पत्र पठाइसक्छौं ।’

भारत र चीनमा रहेका नेपाली दूतावसमा सैनिक सहचारी रहे पनि दक्षिण कोरिया, इजरायल र सिंगापुर हेर्ने मलेसियामा रहेको नेपाली दूतावासमा सैनिक सहचारी छैनन् । 

प्रवक्ता पाण्डेले नेपाली दूतावासमा सैनिक सहचारी भएका देशमा उनीहरु नै ओषधि खरिदका लागि विशेष रुपमा खटिने र नभएका देशमा दूतावास लाग्ने बताए । 

चीनमा सहायकरथी  विनोद पाण्डे र भारतमा  सहायकरथी ईश्वरकान्त मैनाली सैनिक सहचारी छन् । नेपाली सैनिक सहचारी नभएका हकमा सम्बन्धित देशका नेपालमा रहेका सैनिक सहचारीको सहयोग लिइने उनको भनाइ छ। 

nimb
nimb

नेपाली सेनाले स्वाथ्य सामग्री खरिदमा कुनै मध्यस्थकर्ताको प्रयोग नगर्ने बताइसकेको छ । 

विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त सामग्रीहरु मात्र खरिद गरिने र यो प्रक्रिया पारदर्शी हुने सेनाले दावी गरेको छ। 

‘खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त सामग्रीहरु मात्र खरिद गरिने, मध्यस्थकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गरिने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गरिने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना रहेको छ,’ सेनाले भनेको छ। 

सेनाले खरिद प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियमावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी बनाउन सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने काम अघि बढाईएको पनि सेनाले बताएको छ।

त्यस्तै खरिद गरिने सामग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीहरु सहितको गुणस्तर नियन्त्रण समितिसमेत सेनाले गठन गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  ११:३९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन
भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो,उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण
चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित रहनुस् : रसुवा सीडीओ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन शुक्रबार, भदौ १२, २०८३
भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो,उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण शुक्रबार, भदौ १२, २०८३
चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित रहनुस् : रसुवा सीडीओ शुक्रबार, भदौ १२, २०८३
सुदूरपश्चिम प्रदेश सरकारद्वारा आकस्मिक सहायता कक्ष सञ्चालन शुक्रबार, भदौ १२, २०८३
कृत्रिम ताल फुट्ने जोखिमपछि तिब्बतमा उद्धार रोकियो, ५५० बढी बेपत्ता शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सर्वदलीय बैठकको १० बुँदे अपिल, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन (पूर्णपाठ) बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्