काठमाडौं– नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सांसद भए बापत प्राप्त हुने एक महिनाको पारिश्रमिक कटाउन संसद सचिवालयलाई पत्राचार गरेका छन्। कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको कोषमा बडुले एक महिनाको तलब बुझाउने भएका हुन्।
नेपाली कांग्रेस संसदीय दलले १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। बडुले थप १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका हुन्।
स्थानीय तहमा खर्च हुने गरी थप १५ दिनको पारिश्रमिक कटौती गर्न उनले संसद सचिवालयलाई पत्र पठाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।