काठमाडौं–नेपाल पुनर्बिमा कम्पनीको प्राथमिक शेयरमा १० कित्तादेखि ४० कित्तासम्मका लागि आवेदन दिनेजति सबैले पाएका छन्। लकडाउनका कारण बाँडफाँडमा ढिलाइ हुँदा चार अर्ब रुपैयाँभन्दा माथिको रकम बनधक भएपछि कम्पनीले बुधबार बिहान बाँडफाँड गरेको हो।
कम्पनीको प्राथमिक शेयरका लागि तीन लाख ९१ हजारको आवदेन परेकोमा तीन लाख ९० हजारको मात्रै आवेदन योग्य भएको छ। ९ सय ९९ जना आवेदन रद्ध भएको बिक्री प्रवन्धक आरविवि मर्चेन्टले जनाएको छ।
बुधबार भएको बाँडफाँडअनुसार १० कित्ताका लागि मात्रै आवेदन दिने २७ हजार ७४८ जना थिए। त्यस्तै २० कित्ताका लागि आवदेन दिने १५ हजार ५९० जना थिए। १२ हजार ७२३ जनाले ३० कित्ताका लागि र २० हजार ९२९ जनाले ४० कित्ताका लागि मात्रै आवदेन दिएका थिए। ती आवदेक जति सबैले मागे जति नै शेयर प्राप्त गरेका छन्।
अधिकतम ५० कित्ताभन्दा माथिका लागि आवदेन दिनेहरुमध्ये ७७ हजार २४५ जनाले ५० कित्ता शेयर प्राप्त गरेका छन्। उक्त ७७ हजार २४५ जनाले गोला प्रथाबाट थप १० कित्तासहित ५० कित्ता शेयर प्राप्त गरेका हुन्।
आज भएको बाँडफाँडमा ७३ हजार ५०० कित्ता शेयर कर्मचारीले प्राप्त गरेका छन्। त्यस्तै सामूहिक लगानी कोष ‘म्युचुअल फण्ड’ ले ८ लाख कित्ता शेयर पाएका छन्। सार्वजनिक निष्काशनो ५ प्रतिशत यस्ता कोषहरुलाई दिने कानुनी प्रावधान छ।
कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्राथमिक शेयर निष्काशन गरेको थियो। पहिलो चरणमै माग भन्दा बढी आवदेन परेपछि कम्पनीले बिक्री बन्द गरेको थियो। निष्काशन अवधिमा ५ करोड २४ लाख कित्ताको लागि आवदेन परेको थियो। तर कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि समयमा बाँडफाँड गर्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।