काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वर्तमान अवस्थामा सरकारले चालेका कदम सही भएको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही रहेको उल्लेख गर्दै अझ प्रभावकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको छ।
बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धीबारे जानकारी गराएका थिए।
बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलले सङ्क्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामका बारेमा जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।