काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन र फैलिहालेमा नियन्त्रण गर्न तयारी अवस्थामा रहेको प्रधानमन्त्रीको भनाइ, लकडाउन पालना नगर्ने हो भने जोखिम बढ्न सक्ने चेतावनी । (प्रधानमन्त्री ओलीको सम्बोधन)
२) कांग्रेसद्वारा भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न माग, स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर अनियमितता गरेको पदाधिकारी बैठकको ठहर । (कांग्रेसको माग)
३) शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, ज्वरो नाप्ने यन्त्र कालोबजारी गरेको आरोप, ६७ वटा थर्मल गन समेत बरामद । ( जगदम्बा स्टिलका सञ्चालक पक्राउ)
४) रसिया र कतारलाई विश्वकप आयोजना गर्न दिँदा फिफामा घुस लेनदेन भएको अमेरिकाको ‘फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन’को खुलासा, अन्य केही व्यापारिक कम्पनीहरु पनि अनुसन्धानको दायरामा । (फिफामा घुस लेनदेनको खुलासा)
५) र, जापानद्वारा टोकियोलगायत देशका केही भागमा आपतकाल घोषणा, घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि दण्डसजाय नहुने, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था । (जापानमा आपतकाल घोषणा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।