जुम्ला- जुम्लामा कोरोना भाइरसको परीक्षणका लागि ३ सय २४ जनाको नमूना संकलन गरिएको छ। जिल्लामा भारतलगायत तेस्रो मुलकबाट आएका र अन्य शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको हो।
जुम्लाको तीन स्थानमा एकै पटक ३ सय २४ जनाको थ्रोट स्वाब संकलन गरिएको हो।
नेपाल प्रहरीका डाक्टर रुजू केसीको नेतृत्वमा जुम्ला एयरपोर्टबाट १५०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल डाइरेक्टर डाक्टर मंगल रावलको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकाको लासिपाटन चौरबाट ५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ल्याव इन्चार्ज विवेक पुन मगरको नेतृत्वमा हिमा गाउँपालिकाको देयारगाँउबाट १२४ गरी ३२४ जनाको थ्रोट स्वाब संकलन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।