दाङ- बिरामीसँग बढी भाडा लिएको आरोपमा प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेकाे छ। दाङको लमही नगरपालिका-५, लमही बस्ने वर्ष ४० का कृष्ण आचार्य र साेही ठाउँका एम्बुलेन्स चालक ५० वर्षीय कमलप्रसाद भुसाल मंगलबार पक्राउ परेका हुन्।
कृपा पोलिक्लिनिक एन्ड मेडिकल हल लमहीको एम्बुलेन्सको प्रयोग गरी बिरामीलाई लमहीदेखि तुलसीपुर लैजाने क्रममा कृपाका संचालकका छोरा आचार्य र चालक भुसालले प्रचलित भाडा दरभन्दा बदी भाडा लिएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे।
उनीहरुलाई बिहान ७ बजे पक्राउ परेका उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।