काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतमा रहेका नेपालीहरुको अवस्था बुझ्न कुवेतका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन्। कुवेतमा कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणका बारेमा कुवेतका प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् जानकारी गराएका हुन्।
नेपालीहरुलाई कुनै अप्ठ्यारो परिस्थिति हुन नदिन र उपचारमा खुल्ला दिलले सहयोग गर्न समकक्षीसँग अपिल गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।